बिर्तामोड युट्युव काण्ड : खिच्नेदेखि सामाजिक सञ्जालमा पोष्ट गर्ने ६ जनालाई उजुरी, ३ जना पक्राउ

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। बिर्तामोडको एक होटलमा खाजा खाइरहेका व्यक्तिको भिडिओ खिचेर युट्यूवमा प्रसारण गरिदिने विरुद्ध प्रहरीमा उजुरी परेको छ । पीडितले युट्युवरले चरित्र हत्या गरेको आरोपमा ६ जना विरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दर्ता गराइएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रहरीका अनुसार होटल जंगल भ्यू चारआलीका संचालक हेमराज भट्टराई, सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की, युट्युवर खगेन्द्र घिमिरे, भाष्कर श्रेष्ठ, सामाजिक सञ्जालमा भिडियो अपलोड गर्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाई पोखरेल विरुद्ध उजुरी परेको छ ।

कानुन बमोजिम काबाहीको माग गर्दै उजुरी दर्ता गराइएको प्रहरीको भनाई छ । गत मंगलबार राती मेची आँखा अस्पताल अगाडि रहेको एक होटलमा कोठाभित्र बसेर खाजा खाइरहेका व्यक्तिको भिडिओ खिचेर सार्वनिक गरिएको थियो । सो कार्यको चौतर्फी विरोध भएको छ । सामाजिक सञ्जालमा आम नागरिकले व्यक्तिगत जीवनमा प्रवेश गरेर चरित्र हत्या गरेको आरोप लागेको छ ।

अभद्र व्यवहार सम्बन्धी उजुरी परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए । महिलासँग बसेर खाजा खाने पुरुष ट्याङ्कर चालक हुन् । मजदुरको संगठनमा काम गर्ने कर्मचारी र अर्की महिला खाजा खान चारआलीबाट बिर्तामोड आएका थिए ।

३ जना पक्राउ: बिर्तामोडको एक होटलमा खाजा खाइरहेका व्यक्तिको भिडियो खिचेर युट्यूवमा प्रसारण गर्ने व्यक्तिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु सहित ६ जना विरुद्ध आजै प्रहरी कार्यालयमा उजुरी परेको थियो । पक्राउ पर्नेहरुमा युट्युवर खगेन्द्र घिमिरे, होटल जंगल भ्यू चारआलीका संचालक हेमराज भट्टराई, सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार