प्रधानमन्त्री देउवा र बेलायती राजदूतबीच छलफल जलवायु सम्मेलनको तयारीबारे

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। विश्व जलवायु सम्मेलन (कोप २६) सुरु हुन दश साताभन्दा कम समय बाँकी रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा र बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

बेलायती राजदूतावासका अनुसार परराष्ट्र मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री देउवासँगको भेटमा जलवायु परिवर्तनविरुद्धको योजना र महत्वाकाङ्क्षी कार्यक्रमबारे छलफल भएको थियो ।

भेटवार्तामा कोभिड-१९ महामारी नियन्त्रण र द्धिपक्षीय सहायताबारे पनि छलफल भएको जनाइएको छ । नोभेम्बर १ देखि १२ सम्म कोप-२६ बेलायतको ग्लास्गोमा आयोजना हुँदैछ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेकी छन्।

यस वर्ष बेलायतले आयोजना गर्ने कोप २६ सम्मेलन हुन १० हप्ता बाँकी छँदा भएको भेटमा जलवायु परिवर्तनको मुद्दाका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बालुवाटारमा भएको भेटमा कोभिड-१९ विरुद्ध दुई देशबीचको साझेदारीको विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ। त्यस्तै, दुई देशबीच विभिन्न क्षेत्रमा द्वीपक्षिय तथा बहुपक्षीय साझेदारीका विषयमा समेत छलफल भएको छ।

बेलायत र नेपालको प्राथमिकता जलवायु परिवर्तन भएको भन्दै जलवायु परिवर्तन विरुद्ध मिलेर काम गर्ने विषयमा छलफल भएको बेलायती दूतावासले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार