एस्ट्राजेनेकाले विकास गरेको औषधिले लक्षणसहितको कोभिडलाई रोक्ने दाबी

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। एस्ट्राजेनेका कम्पनीले विकास गरेको एन्टिबडी औषधिले लक्षणसहितको कोभिड रोकथाम गर्न ट्रायलमा सफल देखिएको छ । ट्रायलमा सफल देखिएसँगै कम्पनीले बेलायतको नियामक निकायसँग प्रयोगका लागि अनुमति प्राप्त गर्न छिट्टै निवेदन दिने तयारी थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

कम्पनीका अनुसार कोभिड खोप पाइ सकेर पनि काम नगरेको वा खोप नलगाउन चाहने व्यक्तिलाई यो एक राम्रो विकल्प हुनसक्ने देखिन्छ । कोरोना महमारीले अस्पताल भर्ना र मृत्यु अत्यधिक बढिरहेको बेला औषधि कम्पनीहरुले कोरोनाविरुद्ध खोपको विकल्पमा औषधिहरुको पनि अध्ययन अनुसन्धान गरिरहेका छन् । कोभिड विरुद्धको जति खोप बने, परीक्षण भए र प्रयोगमा आए पनि त्यसका विकल्प हुनसक्ने औषधिको अध्ययन भने सुस्त नै रहेको देखिन्छ । तर एस्ट्राजेनेकाले बनाएको एन्टिबडी औषधिले भने केही आशा प्रदान गरेको छ ।

विभिन्न देशमा कोरोना भाइरसको अति संक्रामक मानिएको डेल्टा भेरियन्टले संक्रमण बढाइरहेको छ । ‘मोनोक्लोनल एन्टिबडी’ औषधिले कोरोना भाइरससँग लड्न शरीरले प्राकृतिक रुपमा बनाउने एन्टिबडीकै नक्कल गर्ने क्षमता राख्ने राख्छ ।

शुक्रबार नै बेलायतमा पहिलो पटक मोनोक्लोनल एन्टिबडी उपचार पद्धति प्रयोगका लागि अनुमति दिइएको छ । रिजेनेरन फर्मास्युटिकल्स र रोस होल्डिङ एजीले संयुक्त रुपमा यो औषधि उत्पादन गरेका हुन् । ‘क्यासिरिभिम्याब’ र ‘इम्डेभिम्याब’ एन्टिबडी औषधिको मिश्रणमा तयार पारिएको ‘रोनाप्रेभ’ औषधिले केही समयअघि नै अमेरिका तथा बेलायतमा ससर्त बजारीकरण गर्ने अनुमति पाइसकेको छ ।

एस्ट्राजेनेकाको एन्टिबडी मिश्रण ‘एजेडडी ७४४२’ ले कोरोनाभाइरसको सम्पर्कमा आइसकेका व्यक्तिहरुको उपचारमा पनि सफल हुनसक्ने विश्वास कम्पनीको छ । तर केही समय पहिला भने कम्पनीले उत्पादन गरेको औषधि कोरोना भाइरसको संक्रमण भएका व्यक्तिको उपचारमा पूर्ण रुपमा सफल देखिएको थिएन । तर, अहिले कम्पनीले खोपलेझैं कोभिड-१९ को लक्षण नै रोकथाम गर्ने भन्ने लक्ष्य लिएको छ । यो एन्टिबडी उपचार एस्ट्राजेनेकाले अक्सफोर्ड विश्वविद्यालयसँग सहकार्य गरेर उत्पादन गरेको खोप भन्दा फरक हो ।

कम्पनीका अनुसार पछिल्लो ट्रायलमा ‘एजेडडी ७४४२’ ले लक्षणसहितको कोभिडको जोखिम रोक्न ७७ प्रतिशत प्रभावकारी रहेको देखिएको छ । ५ हजार १९७ को तीन चौथाइमा केही न केही स्वास्थ्यका समस्याहरु थियो जस्तै दीर्घरोगीहरु जसमा खोपको प्रभावकारिता कम हुन सक्छ । खोप जस्तै लगाइने यो ड्रग सहन सकिने र सुरक्षित रहेको कम्पनीको दाबी छ ।

ट्रायलमा समावेश गरिएका दुई तिहाइलाई औषधि दिइएको थियो भने अन्यलाई प्लासेबो (वैकल्पिक औषधि) दिइएको थियो । जसले एन्टिबडी औषधि पाएका थिए उनीहरुलाई कोभिडको कुनै गम्भीर लक्षणहरु देखिएनन् र कसैको पनि मृत्यु भएन भने प्लासेबो समूहका भने ३ जनालाई सिकिस्त लक्षण तथा २ जनाको मृत्यु नै भएको थियो ।

कम्पनीले गरेको ट्रायल सम्पूर्णरुपमा प्रकाशित वा समीक्षा गरिएको छैन । तर, एस्ट्राजेनेकाले भने एन्टिबडी औषधिले एक वर्षसम्म सुरक्षा दिने अनुमान गरेको छ । स्वास्थ्य विज्ञका अनुसार सस्तोरुपमा पाइने कोभिडविरुद्धको खोपभन्दा निकै महँगो पर्ने एन्टिबडी औषधिले सीमित बजार मात्रै पाउने छ । तर, खोपप्रति सकारात्मक प्रतिक्रिया नदेखाएका व्यक्तिहरुका लागि भने यो निकै उपयोगी हुनसक्छ । साथै यो डेल्टा भेरियन्टविरुद्ध पनि उत्तिकै प्रभावकारी देखिएको कम्पनीको दाबी छ ।

यो औषधिको विकास, परीक्षण र वितरणका लागि एस्ट्राजेनेकाले अमेरिकाबाट ७० करोड डलर प्राप्त गरेको छ । यो वर्ष कम्पनीले ७ लाख डोज यो औषधि अमेरिकालाई प्रदान गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार