कसले डस्टबिनबाट निकाल्यो मेस्सीले आँसु पुछेर फालेको टिस्यु ? करोडौंमा लिलामी भइरहेछ

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीले २१ वर्षदेखि खेल्दै आएको क्लव बार्सिलोना छाडेर पेरिस सन्ट जर्मेनमा गएका छन् । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

पत्रकार सम्मेलनमा आफू बार्सिलोनाबाट अलग्गिएको घोषणा गर्दै गर्दा मेस्सी निकै भावुक भएर रोएका थिए । मेस्सीले त्यतिबेला आँसु पुछ्न प्रयोग गरेको टिस्यु पेपर डस्टबिनमा फालेका थिए । तर, कसैले ती टिस्पु पेपर जम्मा गर्यो र अब ती टिस्युको लिलामी गरिँदैछ ।

मेइकेडुओ नामको वेबसाइटमा यसको लिलामी गरिँदैछ । यसको प्रारम्भिक मूल्य १ मिलियन डलर राखिएको छ । नेपाली रुपैयाँमा यो रकम झण्डै १२ करोड हुन्छ ।

रिपोर्टअनुसार मेस्सीले प्रयोग गरिसकेपछि टिस्यु पेपर डस्टबिनमा फालेका थिए तर कसैले त्यसलाई डस्टबिनबाट निकाल्यो । यी व्यक्तिले त्यसपछि कैयौं वेबसाइटमा टिस्यु बेच्नको लागि विज्ञापन राखेका थिए र निकै ठूलो मूल्य राखेका थिए ।

पत्रकार सम्मेलनमा सम्बोधन गर्ने क्रममा मेस्सी रुन थालेपछि उनकी पत्नी एन्टोनेला राकुजोले उनलाई टिस्यु पेपर दिएकी थिइन् । यस क्रममा सम्भवतः उनीहरुले सोचेका पनि थिएनन् होला कि त्यो टिस्यु पेपर यति महंगोमा बिक्री हुनेछ ।

स्पोर्टबाइबलका अनुसार विज्ञापन अहिले पनि अन्तर्राष्ट्रिय लिलामी वेबसाइटमा लाइभ छ र अहिलेसम्म यसलाई बेचिएको छैन । विज्ञापनमा यो टिस्युमा मेस्सीको जेनेटिक सामग्री भएको भन्दै यसलाई किन्नेले मेस्सीको जीन पाउने जसबाट मेस्सीजस्ता महान फुटबलरको क्लोन बनाउन सकिने दावी गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार