यी ७ खाने कुरा खाली पे’टमा खाँदै नखानुहो’स्, जसले मा’निसलाई दिर्घ रो’गी बनाउँछ

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। आवश्यकताभन्दा बढी वा कुबेला खाएको खानाले पेटमा खराबी हुनेमात्रै नभएर विष समान हुन्छ । यसले अन्य कैयन समस्याहरू पनि जन्माउँछ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

हामीले एकदमै मनपराउने र दैनिकरुपमा खाने खानेकुरा पेटमा समस्या पनि उब्जाउन सक्छ। कतिपय खानेकुरा अन्यसँगसँगै खायो भने पनि स्वास्थ्यमा प्रतिकुल असर पर्ने गर्दछ ।

केरा: केरा दूधसँग खायो भने वजन बढ्छ, तर यो खाली पेटमा खानु फाईदाजनक हुँदैन । किनकी यसबाट शरीरमा म्याग्निसियमको मात्रा दुई गुणा बढ्छ । शरीरमा रहेको क्याल्सियमसँग यसको रासायनिक प्रतिक्रिया हुन्छ । यसबाट अपच, पेट फुल्ने तथा एसिडको समस्या बढ्छ । त्यसैले केरा खाली पेटमा नखानु नै बेस ।

सखरखण्ड: सखरखण्ड खानमा निकै मिठो किन नहोस्, तर यो खाली पेटमा खाँदा कत्ति पनि फाइदा गर्दैन । सखरखण्डमा टेनिन र पेक्टिन पाइन्छ, जसलाई खाली पेटमा खाँदा ग्यास्ट्रिकको समस्या बढ्छ । यसले जलन र पेट फुल्ने समस्या पनि निम्त्याउँछ ।

काँचो गोलभेंडा: काँचो टमाटर स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । तर, यसलाई एकबिहानै खाली पेटमा खानबाट बच्नुस् । किनकी यसमा रहेको अम्लले पेटमा रहेको ग्यास्ट्रोइंटस्टाइनल एसिडसँग रासायनिक प्रतिक्रिया गर्छ । जसका कारण पेट दुख्ने, फुल्ने तथा छाती पोल्ने समस्या उत्पन्न हुनसक्छ । खाली पेटमा टमाटर खाँदा पथरीको खतरा पनि दुईगुणा बढ्छ ।

सोडा: ज्यादा कार्बोनेटका कारण एसिडको समस्या हुन्छ । खाली पेटमा सोडा खाँदा अम्लसँग मिलेर पेट दुख्ने समस्या बढ्न सक्छ । यसका अलावा छाति र आँतमा पनि जलन हुनसक्छ ।

औषधि: केहीलाई छोडेर प्राय औषधि खानापछि नै खाइन्छ । यसको कारण हो, औषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्त्वहरुसँग सिधै मिलेर रासायनिक प्रतिक्रिया नहोस् । यदि यस्तो भयो भने यसले ठूलै समस्या पनि निम्ताउन सक्छ । त्यसैले तपाईंले कुनै औषधि सेवन गर्दै हुनुहुन्छ भने डाक्टरसँग अवश्य सल्लाह लिनुस् ।

अल्कोहल: लो कुरा त खाली पेटमा अल्कोहल खाँदा छिट्टैनै नशा लाग्छ । अर्कोतर्फ यसले आँतमा पनि निकै नराम्रो असर पुर्याउँछ । त्यसैले बिहान केही नखाइकन रक्सीसहित अल्कोहलजन्य पदार्थ नखाएकै बेस ।

दूध हालेको चिया: बिहान उठेर चिया पिउनु त नेपालीको संस्कारजस्तै नै भइसक्यो । तर, तपाईं एकबिहानै खाली पेटमा दूध हालेको चिया खानुहुन्छ भने होसियार रहनुस् ।

यसले तपाईंको पेटमा ग्याँस्ट्रिकको समस्या बढाउँछ । एकबिहानै चिया पिउनै पर्यो भने पनि दूध नहालेको चिया पिउनु बेस हुन्छ । हामीले एकदमै मनपराउने र दैनिकरुपमा खाने खानेकुरा पेटमा समस्या पनि उब्जाउन सक्छ । कतिपय खानेकुरा अन्यसँगसँगै खायो भने पनि स्वास्थ्यमा प्रतिकुल असर पर्ने गर्दछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार