‘कारबाही फिर्ता लिए ओलीले र नेपालले दल दर्ता स्थगित् गरे पार्टी एकता हुन्छ’

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेकपा (एमाले) का एकता पक्षधर नेता ठाकुर गैरेले आफूहरु एकताको लागि अझैपनि प्रयासरत रहेको बताएका छन् । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एकता सम्भव भएको भन्दै यसको लागि अध्यक्ष केपी शर्मा ओलीले दुई वटा काम र माधव नेपालले पनि दुई वटा काम गर्नुपर्ने बताएका छन् ।

उनले भने,‘एमाले एकताको लागि केपी ओलीले गर्नुपर्ने जम्मा दुई वटा काम छन्, पहिलो काम माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारबाही फिर्ता लिने र अर्को १० बुँदे सहमतिको अक्षरंश पालना गर्ने प्रत्याभूति आउनुपर्छ ।’

त्यस्तै उनले माधव नेपालले पनि दुई वटा काम गर्नुपर्ने बताए । उनकाअनुसार नेता नेपालले पहिलो काम निर्वाचन आयोगमा दल दर्ताको लागि दिएको निवेदन फिर्ता लिने र अर्को पार्टी एकताको लागि तयार हुने हो ।

उनले आफूहरु एकता पक्षधर ५७ जनाको हिजो र आज बसेको बैठकले पनि यही निश्कर्ष निकालेको सुनाए । उनले भने,‘अहिले पनि एमालेमा एकता पक्षधरको बलियो जनमत छ ।

जनताले पनि यही चाहेका छन् । लाखौं जनता एकताको पक्षमा छन् । विभाजन गर्ने र यिनीहरु गएपनि केही फरक पर्दैन भन्नेहरु त औंलामा गनिने संख्या होला । तर, एमाले एकता चाहानेहरु भने लाखौंको संख्यामा छन् ।’ राष्ट्रिय एकता, अखण्डता, सावैभौमिकताको रक्षा, संविधानको कार्यान्वयन लगायतको लागि पनि एमालेको एकता अनिवार्य भएको गैरेले सुनाए ।

उनले आफ्नो लागि पछिल्लो समय पीडादायी क्षण भएको सुनाए । एमालेमा विग्रह फागुन २८ गतेदेखि नै सुरु भएको उनको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार