यी ८ खा’नेकुरा खोकी लाग्दा बिर्सेर पनि नखानुहो’स्, बढ्न सक्छ सं’क्रमण

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। मनसूनमा ब्याक्टेरियल इन्फेक्सनका कारण मानिसहरुमा खोकी र ज्वरोको समस्या देखिएको छ। यो मौसममा औषधी खाँदा ज्वरो त कम हुन्छ तर खोकी भने चाँडो निको हुँदैन। डाक्टरका अनुसार खानपिनका यस्तो केही कुराले खोकी र छातीको खकारको समस्या थप बढ्न सक्छ। **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

दुधः विशेषज्ञका अनुसार खोकी लाग्दा दुधबाट टाढै बस्नुपर्छ। दुध पिउँदा छातीमा कफको समस्या थप बढ्ने गर्छ जसका कारण खोकीको समस्या बढ्नेछ। यस्तोमा तपाईंले कुनै पनि दुग्धजन्य पदार्थबाट टाढा नै बस्नुपर्छ।

भातः डाक्टरका अनुसार भात चिसो प्रकृतिको हुन्छ र यसमा खकार बन्ने गुण पाइन्छ। यस्तोमा यसले रुघा-खोकीको समस्यालाई थप बढाउन सक्छ। यसै कारण रुघा-खोकी लाग्दा वा घाँटीको संक्रमण हुँदा डाक्टरले भात, दही, मसालेदार भोजन, केरा आदि नखान सल्लाह दिन्छन्।

चिनीः खोकी लाग्दा चिनी पनि खानुहुँदैन। यसले छातीमा इन्फ्लेमेशनको समस्यालाई बढाउने काम गर्छ। यति मात्रै होइन, चिनीले हाम्रो प्रतिरोधी क्षमतालाई कमजोर गरेर रुघा–खोकीको समस्या बढाउन सक्छ।

कफीः यदि तपाईंलाई खोकी लागिरहेको छ भने क्याफिन युक्त पेय पदार्थको सेवन गर्नबाट बच्नुहोस्। क्याफिनले घाँटीको मांसपेशीलाई डिहाइड्रेट गर्ने काम गर्छ जसका कारण खोकीको समस्या थप बढ्न सक्छ।

मद्यपानः चिनीजस्तै रक्सीजन्य पदार्थले पनि छातीमा इन्फ्लेमेशनको समस्या बढाउने काम गर्छ। यो हाम्रो सेतो रक्त कोसिकाका लागि पनि खतरनाक छ जसले शरीरको घाउ भर्ने प्रक्रियालाई सुस्त बनाउँछ।

तारेका खानेकुराः मनसूनमा मानिसहरुलाई चियासँग पकौडा, फ्रेन्च फ्राइज खान मनपर्छ। तर ब्याक्टेरियल इन्फेक्सनका कारण खोकी लागिरहेको छ भने बिर्सेर पनि तारेका खानेकुरा नखानुहोस्। चिल्लो, भुटेका, तारेका खानाले तपाईंको घाँटीमा क्षती पुर्याउँछ र खोकीको लक्षणलाई गम्भीर बनाउनेछ।

प्रोसेस्ड फूडः वर्षायाममा खोकीको समस्या हुँदा प्रोसेस्ड फूडबाट पनि टाढै बस्नुहोस्। तपाईंले बजारमा पाइने डिब्बामा बन्द गरिएका खानेकुरा, क्यान सूप वा केचअपजस्ता खानेकुरा पनि टाढै बस्नुपर्छ।

चिसा खानेकुराः यो मौसममा यदि तपाईंलाई खोकीले सताइरहेको छ भने चिसो खानेकुराबाट बच्नुहोस्। तपाईंले आइसक्रिम वा चिसो पानी वा जूस बिर्सेर पनि खानुहुँदैन। चिसा खानेकुराले तपाईंको खोकीलाई थप बढाउने गर्छ।

यस्ता खानेकुरा खाँदा पाइन्छ राहत: ब्याक्टेरियल इन्फेक्सन हुँदा दालचिनी, काँचो लसुन वा ल्वाङजस्ता चिजको सेवनले घाँटीलाई राहत दिन सक्छ। औषधीय गुणले भरपुर यी खानेकुराले खोकी लाग्दा निकै हदसम्म आराम दिनसक्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार