विमला वलीको अर्को काण्ड बाहिरियो परपुरुषसँगको तस्वीरको चर्चा सेलाउन नपाउदैँ !

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। परपुरुषसँगलाई चुम्बन गरेको तस्वीरको चर्चा सेलाउन नपाउदै प्रदेश सांसद विमला ओलीको अर्को काण्ड बाहिरिएको छ । उनी एमालेकै सांसद भएको पुष्टि भएपछि प्रदेश राजनीतिमा तरंग पैदा गरेको हो । उनी एमालेमै रहेको पुष्टि भएपछि विमलाको वलीको यो अर्को काण्ड भन्दै सामजिक सञ्जालमा भाइरल भएको छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा विभाजन गरी एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा पुर्याएपछि लुम्बिनी प्रदेशसभाले पनि एमाले र माओवादी केन्द्रलाई सांसदहरूको विवरण पेश गर्न भनेको थियो।

२०७७ चैत ५ गते प्रदेशसभा सचिवालयले पत्र संख्या ०७७र०७८ को चलानी नं। ५३३ मा एमालेलाई सांसद विवरण पठाउन भनेको थियो। त्यही पत्रका आधारमा २०७७ चैत १५ गते एमालेले प्रदेश सभा सचिवालयलाई पठाएको सांसदहरूको विवरणलाई प्रदेशसभा सचिवालयले सहीछाप लगाई प्रमाणित गरिदिएको थियो।

एमालेबाट निर्वाचित सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा परी निधन भएपछि तत्कालीन नेकपाले दाङ क्षेत्र नं। ३ ९ख० बाट उनकै श्रीमती विमला कुमारी खत्री वलीलाई उम्मेदवार बनाएपछि निर्वाचित भएकी थिइन्।

तर नेकपा विभाजन भएर सरकार बनाउने र ढाल्ने खेल सुरू भएपछि भने वलीले कहिले एमाले त कहिले माओवादी केन्द्र रोजेको भन्दै विज्ञप्ति निकाल्दै आएकी थिइन्।

पछिल्लो पटक शंकर पोखरेल नेतृत्वको सरकार ढालेर कुलप्रसाद केसीको नेतृत्वमा सरकार बनाउन वलीको मत निर्णायक बनेको थियो।

पोखरेल नेतृत्वको सरकार ढलेपछि लुम्बिनी प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल बनेको एमालेले चैत १५ गते प्रदेशसभा सचिवालयमा पठाएको सांसदहरूको विवरणमा सचिवालयले छाप लगाएर प्रमाणित गरिदिएको कागजातको आधारमा वली आफ्नै सांसद रहेको र पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरिसकेको छ।

एमालेले वलीलाई पार्टीले कारबाही गरिसकेको र पदमुक्त गर्न सभामुखलाई पत्र पठाए पनि प्रदेशसभा सचिवालयले कारबाही प्रक्रिया अगाडि नबढाएको भन्दै प्रदेशसभा बैठक अवरूद्ध गर्दै आएको छ।

एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभा सचिवालयलाई सम्बोधन गरी १५ चैत ०७७ मा पठाएको ४३ जना सांसदको विवरणको ४३ नं। मा विमला वलीको नाम रहेको छ। सोही पत्रमा प्रदेससभा सचिवालयले छाप लगाएर वलीलाई एमाले सांसद भएको प्रमाणित गरिदिएको छ।

एमाले प्रमुख सचेतक ढकालले दल विभाजनपछि विमलाले एमाले रोजेको र सोही अनुसारको विवरण प्रदेशसभा सचिवालयले प्रमाणित गरिसकेकाले अहिले आएर उनले दल रोज्न नपाउने बताए।

वलीले वैशाख १९ गतेमात्रै पत्रकार सम्मेलन गरी आफूले दल रोज्न पाउने अधिकार अनुसार माओवादी केन्द्र रोजेको बताएकी थिइन्। एमाले प्रमुख सचेतक ढकालले वलीले माओवादी रोज्नु अघि पनि एमालेका कार्यक्रममा समेत उपस्थित भएकाले पनि उनी दल रोज्दा सुरूमा एमाले भएको बताए।

वलीले पहिले एमाले रोजेपछि मात्र माओवादी बनेको र पार्टीले स्पष्टीकरण सोधेको बताए। पार्टीले सोधेको स्पष्टीकरणको चित्तबुज्दो जवाफ नआएपछि उहाँलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएका छौं, उनलेभने,‘त्यही कारण वली पदमुक्त भएको सूचना सभामुखले भन्नुपर्छ हाम्रो माग नै त्यही हो।’ उनले अजय शाही पनि सूर्य चिन्हबाट निर्वाचित भएपछि स्वतन्त्र भन्नु कानूनविपरीत भएकाले पदमुक्तका लागि निर्णय गरिएको बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार