१५ प्रतिशतमा कोरोना सङ्क्रमण नमूना परीक्षण गरिएका

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। कोरोना भाइरसको सङ्क्रमण देखिएयता सुदूरपश्चिम प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएकामध्ये १५ प्रतिशत अर्थात् ४५ हजार ९६१ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

प्रदेशमा अहिलेसम्म एन्टिजेन र पिसिआर पद्धतिबाट तीन लाख पाँच हजार ८५७ को नमूना परीक्षण भइसकेको छ। नमूना परीक्षण गरिएको यो सङ्ख्या प्रदेशमा कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को झण्डै १५ प्रतिशत हो।

स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार सङ्क्रमितमध्ये ४५ हजार २१६ उपचारपछि घर फर्किएका छन्। निको हुने यो सङ्ख्या सङ्क्रमितको झण्डै ९८ प्रतिशत हो।

एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि हुनेमध्ये आठ हजार ७८० र पिसिआर परीक्षणवाट सङ्क्रमित हुनेमध्ये ३६ हजार ४३६ उपचार व्यवस्थापनपछि घर फर्किएका हुन्। अहिलेसम्म पिसिआर पद्धतिबाट नमूना परीक्षण गर्दा ३६ हजार ७९८ र एन्टिजेन परीक्षणबाट नौ हजार १६३ व्यक्तिमा सङ्क्रमण देखिएको छ।

केरोनाबाट हालसम्म ५८० व्यक्तिको मृत्यु भएको छ । प्रदेशका नौ जिल्लामध्ये पहाडी क्षेत्रका जिल्लाको तुलनामा तराईका जिल्ला कैलाली र कञ्चनपुर सङ्क्रमणबाट बढी प्रभावित भइरहेका छन् । पछिल्लो दुई हप्तायता प्रदेशमा ५६४ नयाँ सङ्क्रमित थपिँदा ४९५ जना उपचारपछि घर फर्किएका छन् । दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । तथ्याङ्कमा यस अवधिमा सक्रिय सङ्क्रमित भने घटेको देखिएको छ । हाल प्रदेशमा सक्रिय सङ्क्रमित बिरामी ४०८ जना छन् । दुई हप्ताअघि यो सङ्ख्या ५०२ थियो।

पछिल्लो २४ घण्टामा ९६९ को नमूना परीक्षण हुँदा १५ मा सङ्क्रमण देखिएको छ । यस अवधिमा उपचारपछि ४६ जना डिस्चार्ज भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । गत वैशाख, जेठमा यो रोगको सङ्क्रमण र मृत्युदर उच्च थियो । असार सुरु भएसँगै केही घटेको थियो । हाल नमूना परीक्षण गराउन आउनेको सङ्ख्या पनि कम हुँदै गएको छ।

तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले यो रोगको सङ्क्रमण बढ्न सक्ने जोखिम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । रोगको रोकथामका लागि गत वैशाखदेखि जारी निषेधाज्ञा हाल खुकुलो पारिएसँगै बढेको सर्वसाधारणको चहलपहलले रोग फैलिने जोखिम यथावत रहेको स्वास्थ्यकर्मी बताउँछन्। कैलालीसहितका जिल्लामा हाल निषेधाज्ञा खुकुलो पारिएको छ।

सर्वसाधारणबाट तोकिएअनुसार मास्क प्रयोग नगरी जथाभावीरूपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कमी कमजोरी देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार