भिम रावल फर्किए मेरो राजनैतिक गुरु माधव नेपाल हुन् भन्दै

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। एमाले विभाजनपछि माधवकुमार नेपालले दर्ता गर्न लागेको पार्टीमा नगएका भीम रावलले फेरी त्यहि समूहमा जाने संकेत गरेका छन् । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

एमाले विभाजन हुन लाग्दा माधव कुमार नेपाल समूहमा लागेका तर विभाजन भएपछि नेपालको साथ छोडेका नेताहरुको आचरणले ठुलो शंका निम्त्याएको छ । माधव नेपाललाई साथ दिएका नेताहरुले एकाएक उनको साथ छोड्दा ठुलो प्रश्नसमेत खडा भएको छ ।

एमाले पक्षका नेताहरुले भने केही दिन ओली पक्षमा लागेका तर उनीहरु पछि माधव नेपालले दर्ता गर्न लागेको पार्टीमा नै फर्किने बताएका छन् । यस्तै माधव समूह छोडेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिन लागेका भीम रावलले पनि छिट्टै नै माधव समूहमा जाने तयारी गरेको स्रोत बताउँछ ।

रावललगायतका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षमा विद्रोह गर्ने तयारीसमेत गरेका छन् ।

नेकपा एमाले दुई टुक्रामा विभाजन भएपछि फेरी तेस्रो धार देखापर्न थालेको हो । नेकपा एमाले विभाजन हुन लाग्दा माधवकुमार नेपाललाई साथ दिएका नेताहरु विभाजन भइसकेपछि ओली पक्षमा नै रहनुले यसको प्रष्ट संकेत गरेको छ ।

सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराईलगायतका नेताहरुले ओली पक्षमा विद्रोहको तयारी गरेका हुन् ।

ती नेताहरुले अध्यक्ष ओलीलाई भेटेर सहमतिको बिन्दु निकाल्न आग्रह गरेका थिए । तर उनीहरुको आग्रहलाई ओलीले वास्ता नगरेको नेताहरुको भनाइ छ ।

ओलीले हिजो गरेको सम्बोधन कार्यक्रममा पनि माधव समूह छोडेर आफ्नो समूहमा आएका नेताहरुको बारेमा केही बोलेका थिएनन् । उनीहरुको व्यवस्थापन गर्न ओलीलाई भारी पर्ने सम्भावना देखिएको छ ।

भीम रावल एमाले विभाजन हुन् लाग्दा माधवलाई साथ दिएका नेता हुन् । तर पछिल्लो समय एमाले एकताका लागि भन्दै ओलीप्रति नरम बन्दै गएका थिए ।

उनले माधव नेपालको साथ छोड्लान भनेर आंकलन भने गरिएको थिएन । एमाले विभाजन भएपछि उनले माधव नेपालको साथ छोडे । तर अहिले फेरी नेपाल समूहतर्फ नै लाग्ने संकेत गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार