भक्तपुर : रेष्टुरेन्टमै ग्राहकले बम जस्तो वस्तु राखिदिए विल उठाएको भन्दै !

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। भक्तपुरमा आफूलाई विल उठाएको भन्दै एक युवकले रेष्टुरेन्टमै बम जस्तो अकृतिको वस्तु राखेर हिडेको खुलेको छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

भक्तपुरस्थित ठिमीको दिव्यश्वरी गेस्ट हाउस एण्ड रेष्टुरेन्टमा ती ग्राहकले आफूलाई विल तिराएको भन्दै बम जस्तै आकृतिको वस्तु राखेर हिडेको प्रहरी अनुशन्धानबाट खुलेको हो ।

भक्तपुर प्रहरीका अनुसार शनिबार राति बम जस्तो वस्तु रेष्टुरेन्टकै प्राङ्गणमा भेटिएपछि संचालले खबर गरेका थिए । प्रहरीले पनि शंकास्पद वस्तु नै हो भन्ने ठानेर शनिबार राति झण्डै ११ बजेतिर नेपाली सेनालाई खबर गरिएको थियो ।

त्यसपछि नेपाली सेनाको टोलीले उक्त बम जस्तो देखिने वस्तु डिस्पोज गरेको थियो । डिस्पोज पछि हेर्दा प्रेसर कुकरलाई बमको स्वरुपमा पाईएपछि सबै चकित बनेका थिए । तर उक्त वस्तु कस्ले राखेको भन्ने खुलेन ।

त्यसपछि प्रहरीले अनुसन्धान गर्दा सोही रेष्टुरेन्टमा केहीदिन बसेर गएका युवकलाई शंका शंका गर्यो। उनले होटल संचालकसँग झगडा गरेको पनि खुल्यो । उनी थिए, काभ्रेका रवीन तामाङ । त्यसपछि उनलाई सोधपुछ गर्दा उनले प्रहरीसामु आफूले नै त्यो बम जस्तो बनाएर कुकर राखेको स्वीकारेको प्रहरीको भनाइ छ ।

उनले आफूले मादक पदार्थ पीएको बेला रेष्टुरेन्ट संचालकसँग झगडा गरेको र तर्साउन बम जस्तो देखिने वस्तु राखिदिएको प्रहरीसामु बताएको बताइएको छ । उनलाई पक्राउ गरि थप अनुसन्धान जारी राखेको भक्तपुर प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार