५ मन्त्री र एक राज्यमन्त्री पाउने माधव नेपालको पार्टीले, यि हुन् नाम

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेकपा एमाले विभाजन गरेर नयाँ दल गठन गरेको माधवकुमार नेपाल समूह सरकारमा जाने निश्चित भएको छ । उनको पार्टी पनि गठबन्धनको सरकारमा ६ मन्त्रालय पाउने विषयमा छलफल सुरु भएको छ । स्रोतका अनुसार नेपाल नेतृत्वको पार्टीले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

नेपालको पार्टीले बेदुराम भुसालको नेतृत्वमा सरकारमा सहभागी हुने सम्भावना बढेको छ । भुसालको नेतृत्वमा सहभागी नभए मुकुन्द न्यौपानेले नेतृत्व गर्ने पनि बताइएको छ ।

मन्त्री को को बन्‍ने भन्‍ने विषयमा नखुलाएको भएपनि रामकुमारी झाँक्री लगायतका नेताहरुको सम्भावना रहेको बताइएको छ । सोम प्रसाद पाण्डे, मेटमणी चौधरी, रामकुमारी झाँक्री, जीवन राम श्रेष्ठ, विरोध खतिवडा, यज्ञ राज सुनवार र बेदुराम भूषालको नाम माधव नेपालले देउवालाई पठाएको बुझिएको छ ।

‘बेदुराम दाइ र मुकुन्द दाइमध्ये एक जनाको नेतृत्वमा सरकारमा सहभागी हुने लगभग पक्का जस्तै छ,’ ती नेताले भने, ‘मन्त्री को(को हुने भन्‍ने विषयमा छलफलचाहिँ भएको छ, तर टुंगिएको छैन । टुंगिएपछि नै उहाँहरुको नामको विषयमा भनौँला ।’

यस अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेपाल पक्षले निर्वाचनमा आयोगवाट दल दर्ताको प्रमाणपत्र पाए लगत्तै सरकारमा सहभागी हुने बताएका छन् । त्यसका लागि सहमति भइसकेको उनको भनाई थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार