चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’लाई पुत्र लाभ समाज

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बे र करुणा खड्का श्रेष्ठलाई पुत्र लाभ भएको छ । २०७५ साल वैशाख २८ गते लमजुङ भोटेओडारकी करुणा खड्कासँग बिवाह बन्धनमा बाधिएका बल्छीलाई आज पुत्र लाभ भएको हो । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

सन्तान प्राप्तिको खुशी साट्दै मरिचमान श्रेष्ठ बल्छी धुर्बेले सामाजिक संजालमा लेखेका छन् -हाम्रो परीवारमा नयाँ सदस्यको आगमन । अहिले बल्छि र करुणालाई पुत्रलाभ भएको अबसरमा सामाजिक संजालमा बधाई दिनेको ओइरो लागेको छ ।

मेरी बास्सैबाट बल्छी धुर्बेको नामबाट परिचित भएका मरिचमान श्रेष्ठले राजु पौडेल संग मिलेर हाँस्य टेलिसिरियल ‘हल्का रमाईलो’ र सामाजिक विषयवस्तुमाथि ‘जुठे’ टेलिसिरियल निर्माण गरिरहेका छन् । करुणासंगको बिहे फापेका बल्छीले काठमान्डौमा फुटसल समेत संचालन गरेका छन ।

अभिनय संगै गाउँन पनि खप्पिस बल्छीले तीज गीत ‘पारीवन हरियो’ सार्वजनिक गरेका थिए । गीतमा मरिचमान र गायिका सपना घिमिरे (पौडेल)को स्वर छ । गीतमा शब्द, संगीत पनि गायिका पौडेलको छ । उनी कलाकार राजु पौडलकी श्रीमती हुन् ।

त्यस्तै यस गीतमा सुदिप सागरको एरेन्ज, किस्मत भान्जाको साउण्ड मिक्सिङ छ । दीपेन्द्र तिमिल्सीनाको निर्देशनमा तयार भिडियोमा ‘बल्छी धुर्बे’का साथै राजु पौडेल, दीपेन्द्र तिमिल्सीना, सपना पौडेल, अनिता बस्नेत, सविना आचार्य लगायतको अभिनय छ ।

सौरभ लामाको छायाङ्कन रहेको गीतको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । गीत दुई दिनअघि मात्रै युट्युबमा सार्वजनिक गरिएको हो । दुई दिनमा गीतले झण्डै ८ लाख भ्यूज पाएको छ । स्रोता एवं दर्शकको प्रतिक्रियाबाट मरिचमान निकै खुसी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार