आमा तयार छोरालाई मिर्गौला दान गर्न, प्रत्याराेपणका लागि पैसा पुगेन

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। छोराको दुवै मिर्गौला फेल भएपछि कुन चाँही आमाको मन रुँदैन र? अहिले त्यस्तै भएको छ तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेकी कुमारी क्षेत्रीलाई। २८ वर्षीय अनुप क्षेत्रीको विगत दुई वर्षदेखि मिर्गौलाले काम गर्न छाडेपछि उनकाे मुहारमा खुशी छैन। **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

छोरालाई कसरी बचाउने भन्नेमा उनी चिन्तित छिन्। कमजोर आर्थिक अवस्था र प्रत्यारोपणका लागि खर्च लाग्ने भएपछि परिवार नै पीडामा छ। उनले छोरा बचाउनका लागि आफ्नो मिर्गौला दान गर्दै छिन्। काठमाडाैँस्थित त्रिवि शिक्षण अस्पतालमा परीक्षण गरेपछि उनीको मिर्गौला छोरालाई प्रत्यारोपण गर्न मिल्ने भएको बुबा पदमबहादुर क्षेत्रीले जानकारी दिए।

‘सबै परीक्षण गरेपछि आमाको मिर्गौला छोरालाई प्रत्यारोपण गर्न मिल्ने भएको छ’, उनले भने, ‘मिर्गौला त प्रत्यारोपण हुने भयो तर खर्च कसरी जुटाउने भन्ने चिन्ता अझै छ।’

डुम्रेस्थित एक कम्पनीमा काम गर्दैगर्दा अनुपकाे मिर्गौलामा समस्या आएको थियो। परीक्षण गराउँदा दुवै मिर्गौला फेल भएको पत्ता लागेको थियो। त्यसयता उनी नियमित डायलासिस गराउँदै आएका छन्। स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकले प्रत्यारोपणको सुझाव दिएका थिए।

‘मिर्गौला प्रत्यारोपण गर्नुपर्छ भनेपछि मिर्गौला कताबाट खोज्ने भन्नेमा चिन्तित भयाैँ, पछि आमाको मिर्गौला छोरालाई प्रत्यारोपणका लागि मिल्ने भयो’, उनले भने, ‘सबै परीक्षण सकिएको छ, अब चिकित्सकले कहिले भन्छन् त्यही दिन प्रत्यारोपणको तयारी छ।’

प्रत्यारोपणका रु १२ देखि १५ लाख खर्च लाग्ने चिकित्सकले बताएका छन्। हालसम्म रु ६ लाख खर्च भइसकेको छ। अनुपका उपचारमा सघाउन विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गर्दै आएका छन्। हालसम्म रु ८ लाख सङ्कलन भएको पदमले जानकारी दिए।

‘गरिखाने परिवार पर्‍याैँ, छोराको उपचारका लागि त्यत्रो पैसा जुटाउन मुस्किल भइरहेको छ, सहयोग पनि पाइरहेका छौँ’, उनले भने, ‘थप सहयोग पाए छोराको जीवन बचाउन सक्छाैँ।’

रु एक लाख सहयोग
अनुपको मिर्गौला प्रत्यारोपणका लागि शान्तिदीप युवा क्लबले रु एक लाख हस्तान्तरण गरेको छ। व्यास–६ शिशाघाटस्थित युवा क्लबले सो सहयोग गरेको हो।

क्लबको तर्फबाट सङ्कलित रु ९१ हजार, युवा सङ्घ व्यास नगरका संयोजक कृष्णकुमार श्रेष्ठको तर्फबाट रु ५ हजार र आले फर्निचरका प्रोपाइटर केशर आलेबाट ४ हजार गरि रु एक लाख पीडितलाई हस्तान्तरण गरिएको छ।

क्लबका अध्यक्ष सूर्यप्रसाद छिमालले विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगमा रकम सङ्कलन गरिएको जानकारी दिए। मिर्गौला पीडित अनुपको बारेमा जानकारी पाएपछि रकम सङ्कलन गरिएको र उक्त रकमले पीडितका उपचारमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार