घुमुवा प्रहरीले पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेकोमा महासंघको आपत्ति

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं।  लागूऔषध ओसारपोसारमा संलग्‍न भएको आरोप लगाउँदै पक्राउ गरिएका रौतहटका पत्रकारको मोटरसाइकलमा प्रहरीले नै लागूऔषध राखेर फसाउन खोजेको खुलेको छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्‍न खटिएकाहरुसित जिल्ला प्रहरीका घुमुवाहरु साथै रहेको खुलेको हो । घटनाको पत्रकार महासंघ जिल्ला र केन्द्रले भत्सर्ना गरेको छ । घटनामा संलग्न घुमुवा प्रहरीलाई प्रदेश २ को कार्यलयले छानबिनका लागि तानेको छ ।

रौतहट एक्सप्रेसका सञ्चालक तथा पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीकै संलग्नतामा अन्य व्यक्तिको लागूपदार्थ राखेर पक्राउ गर्न लगाएको खुलेको हो । उनको मोटरसाइकलमा लागूऔषध ट्याबलेट राख्ने कार्य गर्दै गर्दाको सीसीटीभी फुटेजमा देखिन्छ । फुटेजमा पत्रकार मजिबुल्लाह गत साउन ३२ गते सदरमुकाम गौरस्थित होटल ग्रिन सिग्नलमा खाजा खान बसेको बेला बाहिर पार्किङ गरी राखेको मोटरसाइकलको तल १ सय ५० पिस प्रतिबन्धित नाइट्रोभेट लागूऔषध बाँधेको देखिन्छ ।

घुमुवाकै योजनामा नाटकीय ढंगले पक्राउ गरिएका पत्रकार मजिबुल्लाह लागूऔषधको कारोबारमा संलग्न भनेर प्रहरीले प्रचार गरेको थियो । मोजिबुल्लाको साथै मोटरसाइकल चलाउने सहकर्मी राजपुर नगरपालिका-७ का शेख गुलाबलाई समेत पक्राउ गरेर हिरासतमा राखेको छ । घटनापछि जिल्लाभरिका पत्रकार भेला भएर सीसीटीभी फुटेज हेरेका थिए ।

प्रदेश–२ का डीआईजी उमेश रंजितकारले घटना रहस्यमय भएकोले यथार्थ छानबिन गरी सार्वजनिक गरिने बताए । ‘घटनामा संलग्न भनिएका सादा पोसाकका प्रहरीलाई प्रदेश तानेर सोधपुछ र छानबिन सुरु गरेको छु,’ उनले भने, ‘यस्तो गम्भीर अपराधको घटनामा जोसुकै भएपनि कानुनको दायरामा ल्याउँछौं ।’

प्रहरीका घुमुवा प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव, प्रहरी जवान मनोज साह लगायतलाई डीआईजी रञ्जितकारले शनिबार राति नै तानेका छन् । यी घुमुवा प्रहरी रौतहटमा बदनाम थिए । जिल्ला प्रहरीले सूचना संकलन भनेर यिनीहरुलाई राखेको थियो । जिल्ला प्रहरीका डीएसपी नारायण चिमरियाले घटनाको गम्भीर रुपमा छानबिन भइरहेको बताए ।

यस्तो थियो घटना

पत्रकार मजिबुल्लाह सदरमुकाम गौरमै बसेका बेला होटेल ग्रीन सिग्नलका सञ्चालकले खाजा खान र होटलको प्रचारप्रसार गर्न गत साउन ३२ गते आइतबार दिउँसो बोलाए । उनी मोटरसाइकल लिएर एकजना साथीको साथ लागेर गए । बाहिर मोटरसाइकल पार्किङ गरेर भित्र छिरे ।

साँझ ६ बजेपछि मोटरसाइकल लिएर आएका एकजना मोजिबुल्लाको मोटरसाइकल नजिक राखेर उभिन्छन् । त्यही बेला गम्छाधारी घुमुवा प्रहरी त्यहाँ आइपुग्छन् । र, सल्लाह गर्न थाल्छन् । त्यसपछि घुमुवाहरु पनि होटेलभित्र प्रवेश गर्छन् । एकछिनमा बाहिरिएर सल्लाह गर्छन् ।

त्यसपछि हेलमेट लगाएर बसेका एकजना मोजिबुललाहको मोटरसाइकल नजिक भुइँमा थचक्कै बस्छन् । घुमुवा प्रहरीहरु वरपर रेकी गर्छन् र मोजिबुल्लाहको मोटरसाइकलको तलपट्टिको भागमा केही चिज राखेर त्यहाँबाट जान्छन् । केही समयपछि मोजिबुल्लाह आएर मोटरसाइकल साथीलाई चलाउन लगाएर त्यहाँबाट हिँड्छन् ।

केही परपुगेपछि सादा पोसाकका प्रहरीले रोक्छ । ‘तपाईंको मोटरसाइकलमा शंकास्पद वस्तु छ । मोटरसाइकलको सिट खोल्नुस्’ भन्दै प्रहरीले उनलाई केही परपुगेपछि रोक्छ । मोजिबुल्लाहले ग्यारेजमा लगेर खोल्न दिन्छु तर सडकमा दिन्नँ भन्छन् । मोटरसाइकलमा केही नभेट्टिएपछि एकजना घुमुवाले लागूऔषध यहाँ बाँधेर राखेको छ भनेर देखाउँछन् । र, दुवैलाई पक्रेर जिल्ला प्रहरी लैजान्छन् ।

प्रहरीले उक्त घटनाको भोलिपल्ट लागूऔषधको मुद्दा दायर गरेको थियो । जिल्लाका केही सञ्चारकर्मीले फसाइएको भनेपछि सबैभन्दा पहिले सीसीटिभी फुटेज फेला परेपछि घटना बाहिरिएको हो ।

घटनाको महासंघद्वारा भत्सर्ना

घटनाको पत्रकार महांसघ केन्द्रीय समितिले भत्सर्ना गरेको छ । पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीसहितको संलग्नतामा प्रतिबन्धित नाइट्रोभेट टेबलेट लागूऔषध राखेर पक्राउ गरिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघले विज्ञप्ति निकालेर होटेल ग्रीन सिग्नल अगाडि रोकिराखेको मोजिबुल्लाहको मोटरसाइकलमा अपराध अनुसन्धानमा खटिएका नेपाल प्रहरीका घुमुवा प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव, प्रहरी जवान मनोज साह लगायकतका र अन्य बाहिरी व्यक्तिहरुको संलग्नतामा लागूऔषध राखिएको भन्दै घोर भत्सर्ना गर्दै दोषीमाथि कडा कारबाहीको माग राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार