अफगानिस्तान एक हप्ताभित्र छोड्न अमेरिकालाई तालिबानको धम्की

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं।  तालिबानले अमेरिकालाई अफगानिस्तानबाट आफ्ना मानिसहरु ३१ अगष्ट अर्थात अबको एक हप्ताभित्र निकालिसक्न भनेको छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

यसअघि निर्धारित ३१ अगष्टको डेडलाइन त्योभन्दा अगाडि नबढाउन तालिबानले अमेरिकालाई चेतावनी दिएको छ । तालिबानले ३१ अगष्टसम्म अमेरिकी सेना अफगानिस्तानबाट ननिस्किए यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।

अमेरिकाले ३१ अगष्टसम्म आफ्नो सेना अफगानिस्तानबाट निकालिसक्ने सम्भावना न्यून छ । अहिले अफगानिस्तानमा ६ हजार अमेरिकी सेना छन् ।

अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई सुरक्षित निकाल्नको लागि अमेरिकी सेना त्यहाँ तैनाथ गरिएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि नै ३१ अगष्टसम्म आफ्ना सबै नागरिक निकाल्न प्रयास गरिने भए पनि निकाल्न नसकिए सबैलाई ननिकाल्दासम्म अमेरिकी सेना त्यहीँ रहने बताइसकेका छन् ।

राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट सबै अमेरिकीहरुलाई ननिकाल्दासम्म आफ्नो सेनाको उपस्थिति अफगानिस्तानमा रहने भनेका छन् ।

यसको अर्थ अरु सबै अमेरिकीहरुलाई निकालिसकेपछि मात्रै अमेरिकी सेना त्यहाँबाट फर्कनेछ । ६ हजार अमेरिकी सेना अन्तिममा फर्किनको लागि पनि केही समय लाग्नेछ । यो अवधिमा अफगानिस्तानमा कुनै अप्रिय घटना हुन सक्ने सम्भावना बढेर गएको छ ।

तालिबानका प्रवक्ता सुहेल शाहीनले भनेका छन् ‘अमेरिकासँग भएको सम्झौतामा ३१ अगष्टको रेडलाइनतोकिएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि उनको फौन यो मितिसम्म अफगानिस्तानबाट जानेछ भनेका थिए ।

यो मितिलाई अगाडि बढाउनुको अर्थ हो अमेरिकी सेना अफगानिस्तानमा फेरि आफ्नो कब्जा बढाइरहेको छ । यदि यस्तो भयो भने अमेरिकाले यसको परिणाम भोग्नुपर्नेछ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार