ओलीले बोलाएको स्थायी कमिटी बैठक जेठ २ कै अवस्थाको हो ?

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेकपा एमालेको विभाजनमा तटस्थ बसेका दोस्रो पुस्ताका नेताहरूको माग थियो– १० बुँदे पूर्ण रूपमा कार्यान्वयन गरियोस् र त्यसका लागि पार्टी संरचना २०७५ जेठ २ को अवस्थामा फर्काइयोस् ।

माधव नेपालको साथ छाडेका नेताहरू आज एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा भएको छलफलपछि भोलिका लागि बोलाइएको स्थायी कमिटी बैठकमा सहभागी हुन सहमत भएका छन् ।

ओलीले आजको छलफल शुरू गर्दा नै भोलि स्थायी कमिटीको बैठक बोलाउने र मध्यमार्गी भनिएका नेताहरूको मागका बारेमा छलफल गर्ने प्रस्ताव राखेका थिए । बैठकमा नरम ढंगले प्रस्तुत भएका दोस्रो पुस्ताका नेताहरू अन्ततः भोलिका लागि स्थायी कमिटीको बैठक बोलाउने र त्यसमा सहभागी हुने सहमति गरेर निस्किए ।

अध्यक्ष ओलीले भदौ ८ गते बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा एमालेको स्थायी कमिटी बैठक बोलाएका छन् । तर, यो बैठक मध्यमार्गी भनिएका नेताहरूले भनेजस्तो २०७५ जेठ २ को अवस्थाको भने होइन ।

एमाले विवाद समाधान कार्यदलले गरेको १० बुँदे सहमतिमा पनि पार्टी संरचनालाई २०७५ जेठ २ को अवस्थामा लैजाने भनेको छ । एमालेका लागि २०७५ जेठ २ किन महत्वपूर्ण छ भने २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रको एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी बनेको थियो ।

नेकपा बन्नुअघि एमालेको केन्द्रीय कमिटी २०३ सदस्यीय थियो । २०७५ जेठ २ को स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीलाई २४१ सदस्यीय बनाउने र त्यसको जिम्मा केपी ओली र माधव नेपाललाई दिने निर्णय गरेको थियो ।

२०७५ जेठ ३ बनेको नेकपा २०७७ फागुन २३ गते पूर्ववत् अवस्था एमाले र माओवादी केन्द्रमा फर्कियो । नेकपामा हुँदा नै शुरू भएको अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल बीचको विवाद साविकको एमाले बन्दा जस्ताको तस्तै रह्यो ।

नेकपा विभाजन हुँदा त्यसअघि माओवादीमा रहेका केही नेता पनि एमालेमा आए । ओलीको गतिविधि र शैलीमा फरक मत राखेको समूह ओलीले बोलाएको बैठकमा सहभागी भएन । त्यही बेला माओवादी केन्द्रबाट आएका पाँच नेतालाई ओलीले एमालेको स्थायी कमिटी सदस्यमा मनोनित गरे ।

एमालेको मध्यमार्गी धारमा रहेका नेताहरूले माग गरेको पार्टी संरचना माओवादीबाट आएका नेताहरू मनोनित हुनुभन्दा अगाडिको थियो ।

उनीहरूले भन्ने गरेका थिए, ‘२०७५ जेठ २ को अवस्थामा पार्टी संरचना फर्किनुपर्छ र त्यसपछिका बैठकले मात्रै माओवादीबाट आएका नेताहरूको बारेमा निर्णय गरेर अघि बढ्नुपर्छ ।’ ओलीले भदौ ८ गते बोलाएको स्थायी समिति बैठकमा माओवादीबाट आएर मनोनित भएका नेताहरू सहितको हो ।

‘भोलिको बैठक माओवादीबाट आउनु भएर स्थायी कमिटीमा मनोनित हुनुभएका साथीहरू सहितको बैठक हो । एमाले असार २९ गतेबाट नै २०७५ जेठ २ को अवस्थामा फर्किसकेको छ’, एमाले नेता एवं केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले भने ।

नेकपा एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पनि भदौ ८ गतेको लागि बोलाइएको स्थायी कमिटी बैठक माओवादी केन्द्रबाट आएका नेताहरू सहितको भएको बताए ।

‘भोलिको बैठक माओवादी केन्द्रबाट आउनुभएका साथीहरू सहितको हुन्छ । यसअघि जो स्थायी कमिटी बैठकमा सहभागी हुनुभएको थिएन, उहाँहरू पनि बैठकमा बसेर यसअघि भएका निर्णयलाई आत्मसाथ गर्नुहुन्छ’, ज्ञवालीले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार