कुवेतमा अलपत्र द्रौपतीको शव एनआरएनएको सहयोगमा नेपाल आइपुग्यो

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)कुवेतले आर्थिक संकलन अभियान चलाएर कुवेतमा अलपत्र परेको मोरङकी द्रौपती माझी चौधरीको शव नेपाल पठाएको छ । एनआरएनको सहयोगमा मृतक चौधरीको शव नेपालस्थित परिवार भएको ठाउँसम्म हिजो(आइतबार) राति आइपुगेको हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

मोरङ जिल्ला, बुढी गङ्गा गाउँपलिका वाड नं.७ (डङ्ग्राहा टोल) बस्ने द्रोपती चौधरी करिब ४ बर्ष पहिले भारतको बाटो हुँदै लुकिछिपी घरेलु कामदारको रुपमा कुवेत पुगेकी थिइन् । उनले दुई हप्ता अगाडि झुन्डिएर आत्माहत्या गरेकी थिइन् ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले नेपालबाट श्रम नगरी विदेश गएर विदेशमै मृत्यु भएको खण्डमा मृतकको शव तथा बोर्डबाट पाउने कुनै पनि सेवा सुविधा नदिने हुँदा उनको शव अलपत्र परेको थियो । त्यसपछि एनआरएनए कुवेतले अलपत्र परेको शव नेपाल पठाउन आर्थिक संकलन अभियान सुरु गरेको थियो ।

केहि दिन अघिदेखि उनको शब नेपाल पठाउनका लागि आर्थिक सहयोग गर्न एनआरएनए कुवेतले अपिल गरेको थियो । अवैधानिक तरिकाले गएकी चौधरीको शव नेपाल पठाउन एनआरएनए कुवेतका उपाध्यक्ष उमेश पुडाशैनीको संयोजकत्वमा ‘आर्थिक राहत संकलन समिति’ गठन गरिएको थियो ।

शव नेपाल पठाउन आवश्यक पर्ने ३ सय ८५ कुवेती दिनार सहयोग गर्न एनआरएनएले सबैसँग अपिल गरेको थियो । सहयोगको अपिल गर्दै संघका अध्यक्ष रणध्वोज लामा र महासचिव दिल कुमार पाख्रिनले विज्ञप्तिसमेत जारी गरेका थिए ।

र, आर्थिक सहयोग संकलन सम्पन्न गरी चौधरीको शव नेपाल पठाइएको हो । साथै, सहयोग अभियानमा जोडिएका सहयोगी हातहरुलाई एनआरएनए, कुवेतले धन्यवाद व्यक्त गरेको छ । दूतावासले मृतक चौधरीको शव यहि अगस्ट–२२ तारिख राति नेपाल पठाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार