नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ संक्रमित थपिय, यति धेरैको मृ त्यु

नेपाल अनलाइन पत्रिका:

Share Now!

corona update

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ जना र २ हजार ६२२ एन्टिजेन परीक्षण गर्दा २५३ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ। सोमबार १ हजार ९२४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३८ हजार ३५१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार अद्यावधिक गरेको कोरोना भाइरसको संक्रमण सम्बन्धि तथ्यांकमा काठमाडौंपछि कास्की जिल्लामा सबैभन्दा बढी संक्रमित फेला परेको पाइएको छ । उक्त तथ्यांक अनुसार काठमाडौं जिल्लामा आईतबार ३ सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो भने कास्की जिल्लामा ३ सय १ जनामा संक्रमण पुष्टि भएको थियो ।

यो काठमाडौंपछि दोस्रो वढी संक्रमण फेला परेको तथ्यांक हो । प्रदेशगत रुपमा हेर्ने हो भने आइतबार प्रदेश नम्बर १ का झापा (१५२), मोरङ (१०५) तथा सुनसरी (७६) मा ५० भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । प्रदेश १ का अन्य जिल्लाहरुमा १० भन्दा कमैमा संक्रमण पुष्टि भएको छ ।

संक्रमणको कम संख्याको दृष्टिकोणले प्रदेश नम्बर दुई भाग्यशाली देखिएको छ । आईतबार यो प्रदेशमा जम्मा १४ जनामा मात्र संक्रमण पुष्टि भएको छ । बागमती प्रदेशमा भने काठमाडौं ३९५, चितवन २१७, ललितपुर ११० तथा भक्तपुर ६१ मा मात्र ५० जनाभन्दा बढी संक्रमित फेला परेका छन् ।

यो प्रदेशका अन्य जिल्लाहरुमा १० भन्दा कममा संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा कास्कीमा मात्र सर्वाधिक ३ सय १ जनामा संक्रमण पुष्टि भएको छ भने गोरखामा ४० तथा तनहुँ २९ जनामा संक्रमण पुष्टि भएको छ भने बाँकी जिल्लामा १५ भन्दा कममा संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा सर्वाधिक ३३ जनामा संक्रमण पुष्टि भएको छ भने अन्य जिल्लामा ७ जनाभन्दा कममा संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको जुम्लामा सर्वाधिक १८ जनामा संक्रमण पुष्टि भएको छ भने बाँकी जिल्लामा सर्वाधिक २ जनामा संक्रमण पुष्टि छ । सुदुर पश्चिम प्रदेशमा भने कञ्चनपुर जिल्लामा जम्मा १ जनामा संक्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार