६ सय बढी कालिज मरे रातभरीको झरिले भिजेर

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। निरन्तरको झरिले यहाँको एक कालिज फार्मका ६ सय बढी कालिज मरेका छन् । आईतबार साँझदेखि परेको निरन्तरको वर्षाले भिजेर पोखरा महानगरपालिका–११ मा सुवास गुरुङले सञ्चालन गरेको सासु कालिज फार्मका ६ सय ११ वटा कालिज मरेका हुन् । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

बेलुका सग्लै रहेका कालिज विहान हेर्दा मरेको अवस्थामा भेटिएको फार्म सञ्चालक सुवास गुरुङले बताए । कालिज मर्दा करिब १७ लाख रुपैयाँको क्षति पुगेको उनको भनाई छ ।

६ महिना अघि मात्र सञ्चालनमा ल्याएको फार्ममा हाल ९३० वटा कालिज थिए । त्यसमध्ये ६ सय ११ वटा कालिज मरेको अवस्थामा भेटिएको गुरुङले जानकारी दिए ।

उनका अनुसार करिब ३ सय वटा जिउँदै भेटिएका छन् । बाँकी १९ वटापनि मरेको आशंका गरिएको छ तर नभेटिएको उनले बताए । ‘झाडी भएकाले ती लुकेकै अवस्थामा मरेका हुनसक्छन्, हामी खोज्दैछौं,’ उनले भने ।

मरेका कालिज करिब चारमहिनाका थिए । ‘तौलिएका थिएनौं तर ९७ दिनको कालिज भएकाले तौल राम्रै थियो भन्ने लाग्छ, तर यति नै थियो भनेर भन्न सक्दिन,’ उनले भने । करिब ७ महिनामा खानलायक कालिज हुने उनको भनाई छ ।

कालिजलाई सानो हुँदा तापक्रम सन्तुलनमा राख्नुपर्छ । लगभग ३० देखि ३३ डिग्रीको बीचमा तापक्रम राखिने उनले बताए । तर २६ डिग्री भन्दा कम तापक्रम भयो भने कालिज मर्ने सम्भावना रहन्छ ।

तर ३ महिना कटेपछि कालिजलाई सामान्य अवस्थामा छाडिन्छ । सोहि अनुसार गुरुङले कालिजलाई छाडा छाडेका थिए । साँझ पानी पर्न थालेपछि सुवासले कालिजलाई पानीबाट ओताउने बारे नसोंचेका भने होइनन् । तर समय अनुसार अनुकुलन भएर बाँच्न सिक्नुपर्छ भन्ने लागेर उनले कालिजलाई ओताएनन् । जसको परिणाम रातभरी परेको पानीमा रुझेका कालिज विहान मृत भेटिए ।

‘जस्तोसुकै तापक्रममा पनि आफूलाई मेन्टेन गर्न सिकसा भनेर मैले कालिजलाई नओताई त्यत्तिकै छाडिदिएँ, मैले सोंचेको थिएँ पानीले भिज्दैमा कालिज मर्दैन, तर नसोंचेको भयो,’ उनले भने ।

उनले तापक्रम मेन्टेन गर्नुपर्छ भन्ने थाहा पाएरपनि अरु भन्दा फरक हुन खोज्दा क्षति पुगेको बताए । ‘म कालिज पाल्न आवश्यक प्राविधिक ज्ञान भएकै व्यक्ति हो, तर पानीमा भिजेर पनि बाँच्न सक्छ कि सक्दैन भनेर थाहा थिएन,’ उनले भने ।

सञ्चालक गुरुङले कालिज पानीले भिजेर मरेपनि रोग लागेर मरेको भनेर गलत बुझाई हुन्छ कि भन्ने आशंकाले पिरोलेको बताए । ‘मेरो कमजोरीले पानीमा भिजेर कालिज मरे, तर आम मान्छेको बुझाई रोगले मरेको हो कि भन्ने हुनसक्छ, त्यस्तो नहोस्, कालिज रोग लागेर मरेको होईन्,’ उनले भने ।

कालिज मर्दा करिब १६ लाख रुपैयाँ घाटा लागेको उनले बताए । अहिले बेच्दा पनि प्रतिगोटा २५ सय पथ्र्यो, अहिलेसम्मको दाना, पानी, वत्ती, मेहनत र लगानी जोड्दा पनि त्यत्ति खर्च भेट्ने उनले बताए । सञ्चालक गुरुङले क्षति भएपनि कालिज पाल्न भने नछाड्ने बताए । ‘बचेका कालिज हुर्काउँछु, बाँकी थप्दै जान्छु,’ उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार