बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

ऋण तिर्न नपाउंदै आमा, श्रीमती, दुई छोरी र एक छोराको भैदियो एकै चिहान

Viber Community

नेपाल अनलाइन पत्रिका

family 2

नेपाल अनलाइन पत्रिका – काठमाडौं। घरमाथि मोटरबाटो खनेपछि कुश्मा नगरपालिका–३ दुर्लुङ बाँधस्वाँराका माधव शर्मा पौडेल अर्को घर किनेर बाटोमाथि सरे। सुरक्षित ठानेर किनेको घरमा उनले परिवारसँग एक वर्षभन्दा बढी बिताउन पाएनन्। बिहीबार मध्यरातमा खसेको पहिरोले घर पुर्‍यो ।  भित्रै पुरिएका आमा, श्रीमती, दुई छोरी र एक छोरालाई उनले गुमाए। विदेशबाट फर्किएर सुरक्षित घरमा बस्ने उनको सपना पहिरोसँगै पुरियो। छिमेकी प्रताप गिरीका अनुसार वैदेशिक रोजगारीमा गएका शर्माले कतारबाट फर्किएर डेढ वर्ष अघिमात्र ५ मिनेटमाथिको भोगेनीमा माइजूकी आमा नर्वदी पाध्याको घर किनेका थिए। घर सरेपछि पौडेल परिवारले सुरक्षित ठानेको थियो।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

- Advertisement -Poco C3

‘झन्डै सय मिटरमाथिबाट आएको पहिरोले घर पुरिदियो,’ गिरीले भने, ‘बरु उहाँहरू बाँधस्वाँरामै बसेको भए हुने रहेछ, आज यो अवस्था देख्नुपर्‍यो।’ पहिरोले पुरिएर शर्माकी आमा ७५ वर्षीया कौशिला, ३५ वर्षीया श्रीमती भगवती, दुई छोरीहरू १६ वर्षीया विमला, ११ वर्षकी विनीता र ९ वर्षीय छोरा विनोद पौडेलको मृत्यु भएको हो। राति करिब डेढ बजेतिर पहिरो खसेको थियो। दर्के झरी परेकाले पहिरो जान सक्ने शंका गर्दै राति गाउँलेका धेरै जना जागै थिए। तत्कालै उद्धारमा जुटेका स्थानीयले कौशिला, विमला र विनीताको श व निकालेका हुन्। विमला १२, विनीता ४ र विनोद ३ कक्षामा पढ्थे।

गिरीका अनुसार पहिरो खसेको स्थानको जमिन अलिअलि दबिएको थियो। तर, बुधबार रातिदेखि परेको भारी वर्षापछि पर्खालसहित पहिरो खस्यो। घर बिक्री गरेकी नरबदी पनि सोही घरको एक कोठामा बस्दै आएकी थिइन्। उनी बस्ने कोठा भने पहिरोले छोएको छैन। छोरा नभएको र तीन छोरीको बिहे भएकाले नरबदीले घर बेचे पनि बाँचुन्जेलसम्मका लागि भन्दै त्यसकै एउटा कोठामा बस्दै आएकी थिइन्। अर्का छिमेकी प्रेमप्रसाद पौडेलका अनुसार माधव गत चैतमा वैदेशिक रोजगारीका लागि फेरि कतार गए। ‘पहिला पनि कतार गएर फर्किएर आएपछि घर किन्नुभएको हो,’ उनले भने, ‘असुरक्षित ठानिएको स्थानमा भने अहिलेसम्म केही भएको छैन। सुरक्षित ठानिएको स्थानमा यस्तो अवस्था आइलाग्यो।’ घटनापछि शर्मा नेपाल फर्कंदै गरेको उनले बताए।

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङका माधव पौडेलले पुरानो घर भत्किने अवस्थामा पुगेपछि गाउँमै अर्को घर किनेर परिवारलाई त्यसमा राखे। बुवाले सानैमा बनाएको घर बस्न नमिल्ने भएपछि उनले गाउँकै एक महिलाको घर किनेका थिए। बूढी भइसकेकी आमासहित ६ जनाको परिवार किनेको घरमा सरेको पनि आउने मंसिरमा २ वर्ष पुग्छ। सानैमा बुवाले छाडेर गए। त्यसमाथि आर्थिक स्थित निकै नाजुक भएकाले आफैंले नयाँ घर बनाउन नसक्ने लागेर उनले गाउँकै एकल वृद्धाको घर किनेका थिए।

राति सवा २ बजेतिर गएको पहिरोमा घर पुरिँदा ७० वर्षीया आमा कौशिल्या, ३५ वर्षीया पत्नी भगवती, छोरीहरू १५ वर्षीया विमला र ११ वर्षीया विनिताका र ९ वर्षका छोरा विनोदलाई सधैंका लागि गुमाए।

तेजप्रसादका अनुसार ​त्यो घर पनि उनले २ वर्ष कतार बसेर कमाएको रकमले किनेको र अझै केही पैसा तिर्न बाँकी छ। घरको बाँकी तिर्न र परिवारको लालनपालनका लागि फेरि कतार गएका माधवसँग अब घर परिवार केही बाँकी नरहेको उनले सुनाए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

युरोपका १९ देशमा माओवादीको संगठन विस्तार, को कहाँ ? (सूचीसहित)

नेकपा माओवादी केन्द्रका अनुसार महाधिवेशन अघि नै युरोपका १९ देशहरुमा अधिवेशन गरेर नयाँ कमिटी बनाएको हो ।

बैंक म्यानेजरको मृत्यु ट्रकले कारलाई ठक्कर दिँदा, दुई जना घाइते

उनी साइन रेसुङ्गा बैंक जितपुर शाखाका म्यानेजरसमेत थिए । बा ६ च ११६४ नम्बरको कारलाई ट्रकले ठक्कर दिँदा बससँग जुधेर दुर्घटना भएको हो ।

मेला हेर्न आएका दर्शनार्थीले पुल भरीभराउ थियो। त्यतिकैमा पुल चुँडियो। भेरी किनारमा मेला हेर्न आएका सयौं मानिसहरु नदीमा खसे।

मेहलकुना र दहचौरलाई जोड्न भेरी नदीमाथि झोलुङ्गे पुल थियो। मेला हेर्न आएका दर्शनार्थीले पुल भरीभराउ थियो। त्यतिकैमा पुल चुँडियो।

ग्रीसमा सवारी दुर्घटनामा चार नेपालीको मृत्यु पुष्टि भएकाे छ |

दूतावासका द्वितीय सचिव धनञ्जय मेहताले कन्सुलर सेवा विभागबाट सोमबार दूतावासलाई चार वटै शवको पहिचान भएको जानकारी प्राप्त भएको र अब शवलाई नेपाल पठाउने प्रक्रिया सुरु गरिसकेको बताए।

मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु धादिङमा

पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नं २ बिहानी पम्प नजिकै आज बिहान मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

भर्खरै बाजुरामा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको छ।  यस दुर्घटनासम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App