स्वेरेभ पुगे सेमिफाइनलमा (युएस ओपन टेनिस)

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। ओलम्पिक च्याम्पियन एलेक्सान्डर स्वेरेभ युएस ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन्। दक्षिण अफ्रिकाका लोयड ह्यारिसलाई सीधा सेटमा पराजित गरेर स्वेरेभले अन्तिम चारमा स्थान पक्का गरेका हुन् । चौथो बरियताका २४ वर्षे जर्मन खेलाडी स्वेरेभले ७–६ (८–६), ६–३ र ६–४ को सेटमा पराजित गरेका हुन् । स्वेरेभले सेमिफाइनलमा विश्व नम्बर एक नोभाक जोकोविचसँग प्रतिस्पर्धा गर्नु पर्ने हुन सक्ने छ ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

जोकोविचले सेमिफाइनल प्रवेशका लागि मातेओ बेरातेनीसँग प्रतिस्पर्धा गर्दै छन्। ओलम्पिकको सेमिफाइनलमा स्वेरेभले जोकोविचलाई पराजित गरेका थिए । गएको वर्ष स्वेरेभ अस्ट्रियाका डोमिनिक थिएमसँग पराजित भएर युएस ओपनको उपविजेतामा सीमित भएका थिए ।

बेलायती किशोरी एमा रादुकानु युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । ११ औँ बरियताकी स्वीस खेलाडी बेलिन्डा बेन्किकलाई सीधा सेटमा पराजित गरेर १८ वर्षकी रादुकानुले अन्तिम चारमा स्थान बनाएकी हुन् । रादुकानुले बेन्किकलाई ६–३ र ६–४ को सेटमा पराजित गरेकी हुन् । यो जितसँगै रादुकानु बरियतामा शीर्ष ५० मा पर्ने र बेलायतको बरियतामा महिला तर्फ पहिलो बरियताकी बन्ने पक्का भएको छ ।

रादुकानुले फाइनल प्रवेशका लागि चौथो बरियताकी चेक गणतन्त्रकी खेलाडी कारोलिना प्लिस्कोभा वा १७ औँ बरियताकी ग्रीक खेलाडी मारिया साकारीसँग प्रतिस्पर्धा गर्ने छिन् । विश्व बरियतामा हाल १५० औँ नम्बरमा रहेकी रादुकानुले दोस्रो ग्राण्डसलाम खेलिरहेकी हुन् । उनी युएस ओपनको इतिहासमा शीर्ष १०० बरियता भन्दा बाहिरबाट सेमिफाइनलमा पुग्ने तेस्रो खेलाडी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार