मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

जान्नुहोस रुद्राक्ष र स्वास्थ्यको कस्तो सम्बन्ध छ ?

Viber Community

नेपाल अनलाइन पत्रिका

 नेपाल अनलाइन पत्रिका – काठमाडौं। रुद्राक्ष, जो चित्रहरुमा देवीदेवता एवं ऋषिमुनीहरुले पहिरिएको देखिन्छ । पाखुरामा, नाडीमा, गलामा रुद्राक्ष लगाएको पाइन्छ । अहिले पनि रुद्राक्ष धारण गर्ने सिलसिला जारी छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

रुद्राक्ष खेती गर्नेदेखि व्यवसाय गर्नेसम्म छन् । खासगरी मठ-मन्दिरमा, पूजाआजामा, धार्मिक अनुष्ठानमा, योग-प्राणायाममा रुद्राक्ष प्रयोग गरिन्छ । आखिर किन रुद्राक्ष प्रयोग गरिएको होला ? यसको हाम्रो तन र मनसँग के सम्बन्ध छ ? रुद्राक्ष धारण गर्दा के फाइदा हुन्छ ? यावत् जिज्ञासा स्वभाविक रुपमा उठ्ने गर्छ ।

रुद्र र अक्ष: रुद्राक्ष रुद्र र अक्ष मिलेर बनेको शब्द हो । यसको अर्थ रुद्र अर्थात भगवान शिवको आँशुबाट उत्पन्न भएको पौराणिक विश्वास रहेको छ । विभिन्न मुखी रुद्राक्ष १ देखि २१ मुख सम्मको हुन्छ । यी सबै रुद्राक्षको आ-आफ्नै महत्व छ । रुद्राक्ष नेपालको मध्य पहाडी क्षेत्रमा पाइने एक प्रकारको वनस्पतिको बोटमा फल्ने घेरादार दाना हो ।

यसको दानामा हुने प्राकृतिक घेरालाई मुख भनिन्छ, हालसम्म एकमुखेदेखि एक्काईसमुखे रुद्राक्षका दाना फेला परेका छन् । एकमुखे रुद्राक्षलाई साक्षात् शिवस्वरूप मानिने भएकाले यो अमूल्य हुन्छ । रुद्राक्ष धारण गर्ने व्यक्तिले त्यसबाट समुचित लाभ प्राप्त गर्न मद्य, मांस, लसुन, प्याजजस्ता तामसी भोजन गर्न नहुने मान्यता छ ।

रुद्राक्षको आयुर्वेदिक महत्व: रुद्राक्ष, जसले मानसिक शान्ति कायम राख्नुका साथै, हृदय रोग, नसा रोगमा फाइदा पुर्याउँछ । यसको आफ्नै आयुर्वेदिक महत्व छ ।

रुद्राक्षको बोक्राबाहेकको भागलाई औषधीको रुपमा प्रयोग गरिन्छ । जसलाई फलास्थि (अर्थात फलको बोक्रा बाहेकको भाग) भनिन्छ । रुद्राक्षलाई चन्दन समान घोटेर निधारमा लगाउनाले शिरोरोग, अनिद्रा, ज्वरो, घामको प्रभाव, साथै अनुहारमा कान्ति आउने गर्दछ ।

यसको मुख्य कर्म उच्चरक्तचावमा हुने गर्दछ । यसको माला धारणले मात्र पनि यो रोग नियन्त्रण हुने जनविश्वास रहेको छ । रुद्राक्षले शरीरमा हुने विद्युतीय तथा चुम्बकीय क्षेत्रको सन्तुलन गराउँछ, जसले हाम्रो शरीरमा रगतको सञ्चार राम्ररी हुन पाउँछ ।

यही कारणले पनि रुद्राक्ष बाहिरी नकारात्मक विकीरणको प्रभाव रोकेर शरीरलाई रक्षा गर्ने काम गर्छ जसको वर्णन आयुर्वेदमा पहिले नै गरिएको पाइन्छ ।

प्राचिन चिकित्सामा रुद्राक्ष: यसको मालाले चिनियाँ चिकित्सामा प्रयोग हुने अकुप्रेसर पद्धती जस्तै शरीरका महत्वपूर्ण प्वाइन्टहरुमा शक्रियता गरेर उच्चरक्तचाप, मानसिक रोग, ग्रह बाधामा मद्दत गर्ने हुदाँ यसको माला धारण गर्दा हृदयसम्म पुग्ने गरि गर्नु पर्दछ र जप गर्दा राम्ररी थिचेर गर्नु पर्दछ ।

औषधिय गुण: इन्टरनेशनल यूनिवर्सिटी फ्लोरिडाका वैज्ञानिक डा. डेविड लीका अनुसार रुद्राक्ष विद्युत ऊर्जाको आवेशलाई संचित गर्छ जसबाट यसमा चुम्बकीय गुण विकसित हुन्छ । यसलाई डाइ इलेक्टि्रक प्रोपर्टी भनिएको छ । यसको प्रकृति इलेक्ट्रोमैग्नेटिक एवं पैरामैग्नेटिक हुनुका साथै यसको डायनामिक पोलेरिटी विशेषता अद्भुत छ ।

भारतीय वैज्ञानिक डा. एस.के. भट्टाचार्यले सन् १९७५ मा फार्माकोलोजिकल अध्ययन गरेर के बताए कीमोफार्माकोलोजिकल विशेषताका कारण यो मुटुरोग, रक्तचाप एवं कोलेस्ट्राल स्तर नियन्त्रणमा प्रभावशाली हुन्छ ।

यसले स्नायु प्रणालीमा पनि प्रभाव पार्छ भने न्यूरोट्रान्समीटर्सको प्रवाहलाई सन्तुलित बनाउँछ । रुद्राक्षको माला बाहेक पनि बियाँलाई चूर्ण बनाएर, पानीमा रातभर भिजाएर बिहान उठेर पिउने लगायतको तरिकाले पनि उपयोग गर्दा राम्रो नतिजा आउँछ ।

यसमा रहेको रसायनिक तत्व एलोकर्पिदीन ,एलियाजिक अम्लले मानसिक समस्याहरु जस्तै मिर्गी रोग, अनिद्रा, मधुमेह जस्ता रोगमा समेत प्रयोग गर्न सकिन्छ । यसले कलेजोको रोग, फियोको रोगमा राम्रो प्रभाव देखाउँछ । त्यसैले जण्डिसमा, खाना रुचाउने, एलर्जीमा प्रयोग गर्न सकिन्छ ।

रुद्राक्ष र तुलसीको माला लगाउने मानिसको फोक्सो स्वस्थ रहन्छ र क्षयरोगमा समेत उपयुक्त हुन्छ । रुद्राक्ष चूर्णलाई दुधसँंग सुत्ने बेलामा सेवन गर्नाले मनमा शान्ति हुने, राम्रो निद्रा पर्ने, स्मरण शक्तिमा बृद्धि हुने हुदाँ स्वस्थ व्यक्तिले पनि यसको प्रयोग गर्दा निकै लाभान्वित गर्दछ ।

वहुगुणी रुद्राक्ष: रुद्राक्ष आफैमा एक चमत्कारीक वृक्ष हो जसको धार्मिक, अध्यात्मिक तथा शारीरिक फाइदाहरु रहेका छन् । यसको महत्व बुझेर यसलाई आफ्नो घरआगनमा त लगाइन्छ ।

तर, प्रयोग गर्न नजान्दा खेर गईरहेको विडम्बना रहेको अवस्थामा यसको महत्व सबै माझ ल्याई उच्च रक्तचाप, मानसिक रोग जस्तो अहिलेको प्रमुख चुनौतीपूर्ण रोगहरुको निवारणमा हामी अग्रसर हुन सके हाम्रो सनातन धर्म, हाम्रो वेदमाथिको आस्था अझ प्रगाड हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

अचानक बेहुलीका प्रेमी आएर सिन्दूर हालिदिए पछि (भिडियो)

त्यही बेला बेहुलीका प्रेमी आएर सिन्दूर हालिदिए । घटनापछि त्यहाँको माहोल तनावपूर्ण भयो । केटी पक्षले तत्काल फोन गरेर पुलिस बोलाए । सूचना पाएपछि घटनास्थल पुगेको पुलिसले अबेर राती मात्र विवाद सुल्झाउन सक्यो ।

नेपाली मःम संसारकै स्वादिष्ट परिकारको सीएनएन सूचीमा

अमेरिकी टेलिभिजन सीएनएनले नेपाली परिकार मःमलाई संसारकै स्वादिष्ट खानको सूचीमा समावेश गरेको छ । संसारका स्वादिष्ट ३५ वटा परिकार समावेश गरिएको उक्त सूचीमा नेपालको मःमले पनि प्रवेश पाएको हो ।

किस गरिरहेका थिए गर्लफ्रेण्डलाई, श्रीमतीले टिभीमा लाइभ देखेपछि…..

एक ब्यक्तिलाई गेम लाईभ टेलिकाष्ट भैरहदाँ गलफ्रेण्ड चुम्नु निकै भारी परेको छ ।इक्वेडरका देवेइ एन्ड्रेड नामका व्यक्तिले स्टेडियममा बसेर बार्सिलोना र डेलफिनको फुटबल खेल हेरिरहेका थिए।

बख्तरबन्द गाडीबाट नोट झरेर हावामा उड्न थालेपछि टिप्नेको भिड, गाडी नै रोकेर पैसा टिपे

नोट खसेर राजमार्ग र वरपरको हावामा उड्न थालेपछि सर्वसाधारणले आफुले चलाएको गाडी नै रोकेर पैसा टिपेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । गाडी रोकेर पैसा टिप्न निस्कँदा केही घन्टा राजमार्ग अबरुद्ध भएको थियो ।

यी युवक जस्ले ९ जनासंग एकै पटक…..

ब्राजिलियन मोडल आर्थर ओ उर्सोले ‘फ्रि लभ’ लाई उत्सवको रुपमा मनाउनका लागि सा’मु’हिक विवाह गरेका छन् ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search