spot_img

प्रधानमन्त्रीलाई दिउँसो भेट्ने, एमसिसी उपाध्यक्ष सुमार र प्रचण्डबीच भेटवार्ता

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाल भ्रमणमा रहेकी अमेरिकी सहायता परियोजना (एमसिसी) की उपाध्यक्ष फातिमा सुमार र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।  ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रचण्डलाई भेट्न सुमारसहितको एमसिसी प्रतिनिधिमण्डल शुक्रबार बिहान खुमलटार पुगेको थियो।

भेटमा माओवादी अध्यक्ष प्रचण्डले एमसिसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताएको उनको सचिवालयले जनाएको छ।

भेटमा उपाध्यक्ष सुमारले आफू नेपाल कुनै दबाब दिनका लागि नभई एमसिसीबारे स्थिति बुझ्न आएको बताएको उल्लेख छ। यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउँदै सुमारले सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको बताएकी छन्।

यसैबीच सुमारले दिउँसो ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने तय भएको छ। सुमारसहितको टोली बिहीबार नेपाल आएको हो। उनले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रम देउवासँग ४ बजे भेट्ने भएकी हुन्।

यसअघि उनले बिहीबार पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका नेताद्वय उपेन्द्र यादव र डा बाबुराम भट्टराईलाई भेटेकी थिइन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार