Viber Community
Nop Ads

किन पर्छ चाया ?

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। मानिसको तालुको छाला मर्ने र नयाँ पैदा हुने क्रम निरन्तर चलिरहन्छ । यसरी तालुमा छाला मर्ने र नयाँ पैदा हुने क्रम जारी रहँदा टाउकोमा सेता, मसिना, फुस्रा दागहरू देखिन थाल्छन् । यसैलाई हामी चाया भन्छौँ । गर्मी मौसमको तुलनामा जाडोमा चायाको समस्या बढी हुन्छ । टाउकोमा अत्यधिक चाया पर्दा अरूका अगाडि लाजमर्दो स्थिति पैदा हुने, आत्मविश्वास गुम्ने र आत्मबल पनि कमजोर हुने अवस्था आउने हुन्छ । त्यसैले, चायालाई सही रूपमा व्यवस्थापन गर्नु राम्रो हुन्छ ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

हाम्रो तालुमा पिटिरोस्पोरम ओभली नामक फंगसको मात्रामा वृद्धि भयो भने चाया पर्छ भन्ने सवालमा छालासम्बन्धी धेरै विशेषज्ञ सहमत छन् । यसबाहेक चाया पर्ने केही कारण खुलाइएका छन् । हर्मोनमा हुने परिवर्तन, वंशाणुगत कारण, नुहाउन अल्छी गर्नु र अस्वस्थ शरीर, टाउकोमा धेरै पसिना आउने समस्या, अस्वस्थ खानपानलगायत चाया पर्ने कारण हुन् । यसैगरी, कपालमा विभिन्न रसायन तथा विद्युतीय उपकरणको अत्यधिक प्रयोग, चिसो मौसम तथा घरभित्र तातो बनाउन पारिएको सुक्खा वातावरण, मानिसमा उत्पन्न भएको लामो समयदेखिको तनाव, थकान र चिन्ता, शरीरमा आउने एलर्जी वा हाइपरसेन्सिटिभिटीले पनि चाया निम्त्याउँछ ।

कसलाई बढी सताउँछ ? चाया जुनसुकै उमेरमा पनि पर्न सक्छ । तर, यो विशेषगरी १२ देखि २० वर्षको उमेरमा बढी देखा पर्छ । सामान्यतः जाडो मौसममा यसले बढी सताउँछ । चिल्लो कपाल र चिल्लो तालुमा चाया बढी पर्छ । मानिसको तालु र कपालबाट धेरै तेल वा चिल्लो पदार्थ उत्पादन भयो भने चाया पर्ने सम्भावना बढी हुन्छ । त्यस्तै, मानिसमा देखिने केही रोगका कारण पनि चाया पर्ने गरेको पाइन्छ । रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसमा बढी चाया पर्ने गर्छ । यसका लागि केटोकोनाजोल प्रयोग गर्न सकिन्छ ।

चायाका कारण तालु नै रातो भयो, चिलाउन थाल्यो, त्यहाँबाट रगत आयो वा पोल्न पनि थाल्यो भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ । किनभने, यस्तो समस्या अनुहारसम्म सर्न पनि सक्छ । यदि तालुको केही भागको छाला खुइलिन थाल्यो, कपाल निरन्तर धेरै मात्रामा झर्न थाल्यो भने सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ । चायालाई पूरै निर्मूल पार्न सकिँदैन, तर यसको असरलाई निश्चित रूपमा कम गर्न भने अवश्य सकिन्छ । त्यसका लागि तनाव कम गर्दै लैजाने प्रयास गर्नुपर्छ । नियमित रूपमा कपाल स्याम्पुले धुनुपर्छ ।

कपाल सज्जा गर्ने विभिन्न किसिमका रसायनयुक्त साधन प्रयोग नगर्नु राम्रो हुन्छ । स्वस्थ खानेकुरा सेवन गर्ने, विशेष गरेर जंकफुड नखाने, चर्को घामबाट बच्ने र हिँड्नै परे पनि छाताको सहारा लिने गर्नुपर्छ । यसबाहेक निम्न घरेलु उपायबाट पनि चायाँ हटाउन सकिन्छ । जानौँ चायाँ हटाउने पाँच घरेलु उपाय ओटमील मास्क ओटमीलमा कपाललाई पोषण दिने तत्वले भरिपूर्ण हुन्छ । यसले कपाललाई पोषणकाका साथै चायाँ पनि हटाउँछ । ओटमीलको हेयर मास्क बनउन सबैभन्दा पहिले आधा कप ओटमील, एक चम्चा बादामको तेल र चार चम्चा मन तातो दूध लिने ।

सबै सामग्रीलाई राम्रोसँग मिसाउने र गोलाकार शैलीमा कपालमा लगाएर मसाज गर्ने । एक घन्टासम्म उक्त मास्क कपालमा लगाई राख्ने । त्यसपछि मन तातो पानीले कपाल धुने । यो मास्क सातामा दुई पटक लगाउनु पर्छ । यसले कपालमा भएको चायाँ हराउँछ ।

दही–लेमन मास्क

दही र कागती भिटामिन सी को राम्रो स्रोत हो । दही र कागतीको मास्क कपालका लागि निकै फाइदाजनक हुन्छ । दही र कागतीको मास्क बनाउन एक कप दहीमा दुई चम्चा कागतीको रस र एक चम्चा मह राखेर घोल्ने र सो मास्कलाई कपालको जरामा लगाउने र केही समय सुक्न दिने ।

करिब एक घन्टापछि मन तातो पानीले कपाल धोएर नरिवलको तेल लगाउने । दही र कागतीले कपालमा भएको चायाँलाई हटाउँछ भने महले कपाललाई पोषण दिन्छ ।

अडहुल फूलको मास्क

अडहुल (घण्टे) फूल बारे प्रायः सबैलाई थाहा होला । यो फूल पूजा गर्नका लागि प्रयोग गरिन्छ । रातो र गुलाफी रंगको अडहुलको फूल छाला र कपालको लागि लाभकारी मानिन्छ ।

यो फूलको मास्क बनाउन ६–७ वटा अडहुलको फूललाई पानीमा उमाल्ने र त्यसपछि पेस्ट बनाउने । अब उक्त पेस्टमा तीन चम्चा मन तातो नरिवलको तेल राखेर मिक्स गर्ने । तयारी पेस्टलाई कपालको जरामा लगाउने र हातले मसाज गर्ने । करिब दुई घन्टापछि कपाल राम्रोसँग धुने ।

अडहुलको फूलमा पर्याप्त मात्रामा भिटामिन सी र एमीनो एसिड पाइन्छ । जसले कपाललाई बलियो बनाउनुका साथै ड्यान्ड्रफरहित पनि बनाउँछ । अन्डा मास्क अन्डा कपालको लागि फाइदाजनक हुन्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो । त्यसैले अन्डाको प्रयोग स्याम्पु बनाउनेहरूले पनि गर्ने गर्छन् ।

अन्डाको मास्क

अन्डाको मास्क बनाउन अन्डाको सेतो भागलाई छुट्याएर राख्ने । त्यसमा दुई चम्चा ओलिभ आयल राखेर राम्रोसँग घोल्ने । जब उक्त मिश्रण गाढा पेस्टमा परिणत हुन्छ त्यसपछि औँलाको सहायताले कपालको जरामा लगाउने । करिब आधा घन्टासम्म कपालमा लगाई राख्ने र त्यसपछि कपाल धुने ।

अन्डाले कपाललाई सिल्की बनाउनुका साथै चाँयाबाट मुक्त राख्छ । केराको मास्क केरा एक यस्तो फल हो जुन बाह्रै महिना सहजै पाइन्छ । केरामा विभिन्न प्रकारका औषधिजन्य गुण हुनाले कपाललाई पनि फाइदा पुर्याउँछ ।

केराको हेयर मास्क

केराको हेयर मास्क बनाउनका लागि एउटा पाकेको केरालाई राम्रोसँग पेस्ट बनाउने । त्यसपछि सो पेस्टमा एक चम्चा मह, एक चम्चा कागतीको रस र एक चम्चा बदामको तेल राखेर घोल्ने । तयार पेस्टलाई राम्रोसँग कपालको जरामा लगाउने र करिब एक घण्टापछि धुने । यो हेयर मास्कले चायाँ हटाउनुका साथै कपाल मुलायम र चम्किलो पनि बनाउँछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिन्नौं - Kp Sharma Oli
01:17
Video thumbnail
पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छ - Ram Chandra Poudel
01:47
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33

सम्बन्धित समाचार

टेकु अस्पतालमा मंसिर २९ देखि टेकु अस्पतालमा इमरजेन्सी सेवामा निशुल्क उपचार

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको विशेष निर्देशन पछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमरजेन्सी सेवा निःशुल्क हुने भएको छ ।

यस्ता छन् भिजाएको चना खानुका आश्चर्यजनक फाइदा

हाम्रो शरिरलाई धेरै नै फाइदा गर्ने गेडागुडी चना हो । भुटेर होस् या भिजाएर काचै खाँदा पनि निकै स्वादिष्ट हुने गर्छ । धेरैले चनालाई दिउँसो खाजाको रुपमा पनि खाने गर्छन् ।

मानसिक स्वास्थ्य सुधार्ने ५ पोषक तत्त्व

तपाईँलाई थाहा होला- सही र सन्तुलित खाना खाँदा तपाईको शरीरलाई समग्र स्वास्थ्य लाभ हुन्छ। उचित खाना खाँदा तपाईँको शरीरमा दीर्घकालीन जोखिमहरू विकास गर्नबाट रोक्छ।

प्रधानन्यायाधीश जबरालाई कोभिड निमोनिया, स्वास्थ्य अवस्था ‘स्थिर’

कोरोनाभाइरस संक्रमणपछि बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामा कोभिड निमोनिया देखा देखिएको छ । अहिले उनको अवस्था स्थिर रहेको अस्पतालले बताएको छ ।

दोहोरीएर जन्डिसको समस्या हुन्छ ? यी घरेलु उपायबाट पाउनुहोस् छुटकारा

जन्डिस भएपछि कलेजो विग्रने र भाइरल हेपटाइटिस हुने गर्छ जसको उपचार निकै कठिन मानिन्छ ।

ब्लड प्रेसर लो छ ? उसोभए अपनाइहाल्नुहोस् ५ यी उपाय !

शरीर स्वस्थ राख्न मुटु स्वस्थ हुनु जरुरी हुन्छ । तर, आजकाल अनियमित खानपान र अस्वस्थ दिनचर्याका कारण उच्च वा न्युन रक्तचापको समस्या दिनहुँ बढ्दो छ ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

लालबाबुले मुख खोले एमाले छाडेर नेकपा एसमा प्रवेश गर्न लागेको समाचारले तहल्का मच्चाएपछि, यतिसम्म भनेपछि कोटेश्वरमा तनाव !

नेकपा (एमाले) का प्रभावशाली नेता लालबाबु पण्डितले पार्टी छाड्न लागेको समाचारले तहल्का मच्चाएपछि उनले मुख खोलेका छन् । उनले माधव नेपाल नै झस्किनेगरी प्रतिक्रिया दिएका हुन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

एमाले र राप्रपाबीच पार्टी एकता !

भनिन्छ नि असम्भव केहि छैन, यो भनाई अझ बढि राजनीतिमा लागु हुँदै आएको छ । भर्खरै मात्र नेकपा एमालेको १० औं महाधिवशेन सकिएको छ, अहिले राप्रपाको एकता महाधिवेशन चलिरहेको छ ।

प्रेम आलेलाई यस्ता कुरा कहाँ बाट आउँछ ?फेरी भए भाइरल

ओली सरकारकै पाला देखि भाइरल मन्त्रीको परिचय बनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले आफ्नो अभिव्यक्तीका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् ।

ताजा समाचार

शनि भगवानले सबैलाइ संकटबाट टाडा राखुन्, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस आज शनिबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १८ गते शनिवार ई.सं.२०२१ डिसेम्बर ४ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण औँशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, सुकर्मा योग, नाग करण ।

गगन थापा: एमाले सौराहाबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपाल: पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन् ।

कमल थापा र रेखा थापाबीच घम्साघम्सी !

कमल थापा र रेखा थापाबीच घम्साघम्सी चलेको छ । एजेण्डाको सन्दर्भमा दुई जनाबीच घम्साघम्सी चलेको हो ।

सुजाता कोइराला: यो नै मेरो अन्तिम चुनाव हुनेछ

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफू अन्तिम पटक चुनावमा लड्ने बताएकी छिन् ।

प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन, कर्णालीमा निधिका पनि उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search