Viber Community
Nop Ads

सभामुख सापकोटामाथि हात हाल्न खोज्ने यी सांसद को हुन् ?

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। संसदमा आज पनि रडाको मच्चिएको छ । एमालेले चर्को विरोध गरेपछि संसदमा बबण्डर मच्चिएको हो । विगत केहि दिन देखी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा चर्को नाराबाजी गर्दै सभामुख अग्नी सापकोटा माथी दवाव बढाइरहेको छ । आज पनि अस्ती जस्तै एमालेले संसदमा हंगामा मच्चाएको छ । एमालेको नाराबाजी र विरोधको बाबजुद सभामुख अग्नी सापकोटाले पेलेरै संसदीय मूल्य मान्यतको धज्जी उडाउँदै आजको संसद बैठक अघि बढाएका थिए ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

सभामुखले पेलेर अघि बढेपछि एमाले सांसदहरु झन उग्र भएर सदनमा प्रस्तुत भएका थिए । केहि दिन अघि एमाले सांसद गंगा चौधरीले मर्यादापालकलाई छक्काउँदै रोस्टममै पुग्न लागेको तस्बिर निकै चर्चित भएको थियो । आज एमाले सांसद नारमुृनी राना त्यहि शैलीमा झण्डै रोस्टममा पुगेका थिए ।एमाले सांसदले नाराबाजी गरिरहँदा सभामुखले बैठक चलाए पछि उग्र भएका सांसद राना मर्यादापालको रोक्न खोज्दा उनीहरुको जिउ माथी नै चढेर रोस्टमतिर अघि बढेको देखिन्थ्यो । एमाले सांसदलाई मर्यादा पालकलले घेरा हालेर राखेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद र मर्यादापालकहरुबीच संसद् बैठकमा भएको ठेलमठेलमा संसदको एउटा टेबल भाँचिएको छ। शुक्रबार नेकपा एमालेका सांसदहरुले नाराबाजी ‍गरिरहँदा सभामुख अग्नि प्रसाद सापकोटाले संसद बैठकलाई अघि बढाएका थिए। पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरेका सभामुख सापकोटाले दोस्रो बैठक सुरु हुनासाथ अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश टेबुल गर्न समय उपलब्ध गराएका थिए।

सभामुखले अर्थमन्त्रीलाई समय उपलब्ध गराएसँगै अर्थमन्त्रीलाई एमाले सांसदहरुले रोस्टममा जानबाट रोक्न खोजे।त्यसक्रममा एमाले सांसदहरु र मर्यादापालकबीच घम्साघम्सी भएको भयो। एमाले सांसदहरु र मर्यादापालकबीच घम्साघम्सी हुँदा सत्ता पक्षको पहिलो लहरको टेबल भाँचिएको छ। टेबुल भाँचिएपछि सत्तापक्षको पहिलो लहरमा बसेका कांग्रेस सांसदहरु पछाडिको लहरमा गएका थिए। एमाले सांसदहरुले अवरोध कायम राखेपनि जनार्दन शर्मा भने बेलको पछाडिबाट घुमेर रोस्टममा पुगेर आर्थिक अध्यादेश टेबुल गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

इतिहासमा नेकपा एमाले : क-कसको नेतृत्वमा चल्यो दशौं माहाधिवेशनसम्म आइपुग्दा ?

यहि मंसिर १० देखि १४ गतेसम्म चलेको नेकपा एमाले पार्टीको दशौं महाधिवेशनको गतिविधिले देश अझै तातेको छ । महाधिवेशनमा प्रतिनिधिहरूको भूमिका ज्यादै ठूलो देखिएको थियो ।

पहिलो पटक गोला प्रक्रियाबाट तोकियो पेसी सर्वोच्च अदालतमा

सर्वोच्च अदालतमा बुधबारदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो ।

प्रेम आले आफु चढेरै निशुल्क बस सेवा उत्घाटन गरे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् ।

मत परिणामको म स्वागत गर्छु : घनश्याम भुसालले भने

नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोगेका हुन्।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

ओलीले चाहेकै जस्तो ‘हार्डलाइनर’ टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर ९हार्डलाइनर० टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ।

ट्रेन्डिङ समाचार

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

ताजा समाचार

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search