अब युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जाल बाट कमाउने ले अग्रिम १% कर तिर्नुपर्ने

युट्युबमा अडियो/भिडियो राखेर विदेशी मुद्रा आर्जन गरिरहेका युट्युबरहरूले सरकारलाई अग्रिम कर तिर्नुपर्ने भएको छ ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

youtube facebook tax

नेपाल अनलाइन पत्रिका – काठमाडौं। युट्युबमा अडियो/भिडियो राखेर विदेशी मुद्रा आर्जन गरिरहेका युट्युबरहरूले सरकारलाई अग्रिम कर तिर्नुपर्ने भएको छ । सरकारले अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्न ल्याएको विधेयकमा यस्तो व्यवस्था गरेको हो ।

युट्युबरका साथै व्यवसाय सञ्चालनमा संलग्न नरहेको व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराएमा पनि अग्रिम कर तिर्नुपर्नेछ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

विधेयकको ६८ औँ बुँदामा लेखिएको छ, ‘व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरेबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भए सम्बन्धित बैंक, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनी ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्ने व्यवस्था मिलाएको छु ।’

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् । सरकारले बजेटको प्रतिस्थापन विधेयकमा ऋणको हिस्सा ३७ अर्ब घटाएको छ।

अघिल्लो केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बटेजमा भन्दा अहिले प्रतिस्थापन विधेयकमा ३७ अर्ब ऋणको हिस्सा कम हुने गरी अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पेश गरेका हुन्।

उनले अनुत्पादक क्षेत्रमा सार्वजनिक ऋणको उपयोगले भविष्यमा साँवा तथा ब्याज भुक्तानीका लागि राजस्वको ठूलो हिस्सा छुट्याउनु पर्ने, भावी पुस्तालाई ऋणको भार थपिन जाने, निजी क्षेत्रमा प्रवाह हुने वित्तीय स्रोत संकुचित हुने जोखिम रहने हुँदा सार्वजनिक ऋणलाई राष्ट्रिय आवश्यकता पुँजी निर्माण, उच्च प्रतिफलयुक्त र उत्पादनशील क्षेत्रमा मात्र उपयोग गर्न ऋणको मात्र घटाएको बजेट वक्तव्यमा उल्लेख गरेका छन्।

अर्थमन्त्री शर्माले संसदमा भने, ‘विनियोजन अध्यादेश, २०७८ मा प्रस्ताव गरिएको आन्तरिक ऋण तथा वैदेशिक ऋणको अंश करिव रू ३७ अर्ब घटाएको यसबाट नेपाली जनतामा रहेको ऋणभार सानो अंशमा भएपनि कम हुन जानेछ।’

चालु आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड को बजेट ल्याएको छ। जुन खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १० खर्ब ५० अर्ब ८२ करोड र वैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड हुने उल्लेख छ।

बाँकी न्युन हुने ५ खर्ब २२ अर्ब ९ करोड रकमका लागि सरकारले आन्तरिक र बाह्य ऋणको भर गर्ने उल्लेख छ। जसमा वैदेशिक ऋणबाट २ खर्व ८३ अर्व ९ करोड र आन्तरिक ऋणबाट २ खर्व ३९ अर्ब व्यहोरिनेछ। जुन अध्यादेशमा आएको भन्दा ३७ अर्बले कम हो।

सरकारले विनियोजन मध्ये संघबाट चालु तर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड अर्थात ४१.५२ प्रतिशत, पुँजीगत तर्फ ३ खर्ब ७८ अर्ब १० करोड अर्थात २३.१६ प्रतिशत, वित्तीय व्यवस्था तर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११.६० प्रतिशत रहने जनाएको छ।

त्यस्तै प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात २३.७२ प्रतिशत रहेको छ। वित्तीय हस्तान्तरण तर्फ विनियोजित बजेट मध्ये चालु खर्चमा समानीकरण अनुदान सहित ३ खर्ब २५ अर्ब ७५ करोड अर्थात ८४.११ प्रतिशत र पुँजीगत तर्फ ६१ अर्ब ५५ करोड अर्थात १५.८९ प्रतिशत रहकोछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार