आफ्नो करियरकै सबैभन्दा कठिन समयमा मेस्सी, भक्कानिएर रुँदै के भने ?

‘मैले करिअरमा निकै कठिन समयको सामना गर्नुप¥यो । धेरै खराब नतिजाको सामना गरे, तर यो जस्तो अवस्था थिएन । अब मैले पुनः प्रशिक्षणमा फर्कनुपर्छ तर, अवस्था निकै फरक हुनेछ । यो समय मेरा लागि निकै कठिन छ’,

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी क्याटलान क्लब बार्सिलोनाबाट बिदाइका क्रममा आयोजित सम्बोधन गर्ने समारोहमा भक्कानिएका छन् । आफ्नो अभिव्यक्ति राख्नुअघि नै सम्हाल्न नसकेर आँसु झारेका मेस्सी सम्बोधन सकिएपछि उपस्थित सबैले लामो समय ताली बजाएर सम्मान दिँदा भक्कानिएर रोएका थिए । मेस्सीले बार्सिलोना बस्ने आफ्नो चाहना हुँदाहुँदै पनि सम्भव नभएको बताए । क्लब र आफ्नो व्यक्तिगत रूपमा सबै प्रयास गरे पनि त्यो सम्भव नभएको मेस्सीले प्रस्ट पारे । ‘म क्लबका अध्यक्ष र व्यवस्थापन सबै आ–आफ्नो स्थानमा प्रस्ट थियौं । हामी सबैले सहमति पनि जनाएका थियौं ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

तर, लिगको नियमका कारण सम्भव हुन सकेन । हामी कसैले पनि यो अवस्था चाहेका थिएनौं,’ मेस्सीले भने । मेस्सीले गत सिजन र यस सिजनको अवस्था ठीकविपरीत भएको पनि स्विकारे । ‘गत सिजन म आफैं क्लब छाड्न चाहन्थें, तर त्यो सम्भव भएन । यसपटक मैले क्लबमा रहने सक्दो प्रयास गरे, तर अवस्था यस्तो भयो कि दुवै पक्षले चाहेर पनि त्यो सम्भव हुन सकेन,’ उनले भने । मेस्सीले आफ्नो र परिवारको सारा जीवन नै बार्सिलोनामा बितेको हुनाले केही वर्षपछि यहाँ नै फर्कने प्रस्ट पारे ।

मेस्सीले यो आफ्नो करियरकै सबैभन्दा कठिन समय रहेको स्विकारे । ‘मैले करिअरमा निकै कठिन समयको सामना गर्नुप¥यो । धेरै खराब नतिजाको सामना गरे, तर यो जस्तो अवस्था थिएन । अब मैले पुनः प्रशिक्षणमा फर्कनुपर्छ तर, अवस्था निकै फरक हुनेछ । यो समय मेरा लागि निकै कठिन छ’, उनले भने । मेस्सीले आफूले नचाहेर पनि क्लब छाड्नुपरेको र यस्तो अवस्था आउने नसोचेको बताए । ‘यो निकै दुःखलाग्दो समय हो ।

मैले यस क्लबमा रहेर निकै सफलता हासिल गरे । तर, यो अवस्थामा छोड्नुपर्छ भन्ने सोचेको पनि थिइनँ । मैले क्लबमा नै रहेर करिअर सक्ने अपेक्षा गरेको थिएँ,’ उनले भने । मेस्सीले आफ्नो सम्झौता कहिले पनि समस्या नरहेको प्रस्ट पारे । मेस्सीले आफूबिना पनि क्लब अघि बढ्नेमा ढुक्क रहेको बताए । ‘अध्यक्षले भनेजस्तै खेलाडीभन्दा क्लब ठूलो हो । खेलाडी आउने जाने क्रम जारी नै रहन्छ । अहिले पनि क्लबमा राम्रा खेलाडी छन् ।

अन्य खेलाडी पनि भविष्यमा आउने नै छन् । मलाई विश्वास छ आउने दिनमा पनि क्लब सफल नै हुनेछ’, उनले भने । मेस्सीले ड्यानी आल्भेसको उदाहरण दिँदै आफू कम्तीमा उनको करिअरको उपाधि कीर्तिमानसम्म पुग्न चाहने बताए । ‘ड्यानी आल्भेसले हिजो भर्खर ओलम्पिक स्वर्ण जिते । उनी हामीसँगै खेल्दा पनि सधैं जित्न चाहने खेलाडी हुन् । म पनि कम्तीमा उनले जति नै उपाधि जित्न चाहन्छु,’ मेस्सीले थपे । आल्भेसले करियरमा ४३ उपाधि जित्दा मेस्सीले ३८ उपाधि हासिल गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार