कमब्याक फिल्म ‘अस्तित्वको लडाइ’मा प्रशान्त तामाङले सम्पदासँग रोमान्स गर्ने

अभिनेता तथा पूर्व इन्डियन आइडल प्रशान्त तामाङ एउटा गतिलो फिल्ममार्फत पुनरागमनको खोजीमा छन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

prasant tamang

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अभिनेता तथा पूर्व इन्डियन आइडल प्रशान्त तामाङ एउटा गतिलो फिल्ममार्फत पुनरागमनको खोजीमा छन् । उनी अभिनित गोर्खा पल्टन र परदेशी फिल्मबाहेक अन्य फिल्मले बक्सअफिसमा उछाल ल्याउन सकेनन् । हुनसक्छ, उनलाई मुख्य भूमिका लिएर मुहूर्त गरिएको फिल्म ‘अस्तित्वको लडाइ’ले त्यो मानक कायम राख्नसक्छ ।

प्रशान्तले अभिनय गर्ने सोही फिल्मको शुभसाइत शुक्रबार गरिएको छ । मकवानपुरको चैनपुर राक्सिराङमा फिल्मको शुभसाइत गरिएको हो । गोविन्द गौतमले निर्देशन गर्ने यो फिल्मले चेपाङ समुदायको कथा प्रस्तुत गर्छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

राक्सिराङ चेपाङ समुदाय बहुल गाउँ हो जहाँ भूमिको समस्यालाई लिएर चेपाङहरु सदियौंदेखि पीडित छन् । कौडीको भाउमा चेपाङहरुले भूमि विक्री गर्दा हुने उनीहरुको बिल्लीबाठ फिल्मको कथा हो ।

फिल्मको स्क्रिप्ट समेत लेखेका निर्देशक गौतमले सामाजिक कथावस्तुमा बन्ने फिल्ममा प्रशान्तले चेपाङ युवकको भूमिका निर्वाह गर्ने बताए । तिहारपछि छायंकन सुरु हुने फिल्मलाई चेपाङ समाजले निर्माण गर्न लागेको हो ।

फिल्ममा प्रशान्त तामाङ, सुनिल थापा, सम्पदा बाँनियाको मुख्य भूमिका रहने जनाइएको छ । अन्य कलाकारको छनोट प्रक्रिया भने जारी रहेको एसोसियट निर्देशक रामशरण कोइरालाले जानकारी दिए । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व हुने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार