शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

गत आर्थिक वर्षमा सात हजार ११७ जनाले गरे आत्महत्या, आत्महत्या दर घटेन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत विभिन्न संघसंस्थाले आत्महत्या रोकथामका लागि कार्यक्रम संचालन गरिरहेका भए पनि बर्सेनि आत्महत्या बढ्दै गएको पाइएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत विभिन्न संघसंस्थाले आत्महत्या रोकथामका लागि कार्यक्रम संचालन गरिरहेका भए पनि बर्सेनि आत्महत्या बढ्दै गएको पाइएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

आज विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मानसिक अस्पताल पाटनका वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. वासुदेव कार्कीले एक वर्षमा सात हजार ११७ जनाले आत्महत्या गरेको तथ्यांक प्रस्तुत गरे ।

उनका अनुसार एक वर्षको फरकमा ५.५८ प्रतिशतभन्दा बढीले आत्महत्या गरेका पाइएको छ । सरकारी तथ्यांकअनुसार नेपालमा आर्थिक वर्ष २०७७र०७८ मा सात हजार ११७ जनाले आत्महत्या गरेका छन्, जबकि आव २०७६र०७७ मा छ हजार २४१ जनाले मात्र आत्महत्या गरेका थिए ।

२०७५र०७६ मा पाँच हजार ७५४ जना, २०७४र०७५ मा पाँच हजार ३१७ जना र आव २०७३र०७४ मा पाँच हजार १२४ जनाले आत्महत्या गरेको पाइएको छ ।

सरकारले दिगो लक्ष्य हासिल गर्नका लागि सन् २०३० सम्म आत्महत्याको दर ४।७ मा झार्ने बताइरहँदा नेपालमा दैनिक १६ जना मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक आएको छ ।

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा ६.५ प्रतिशत व्यक्तिमा आत्महत्याको सोच र योजना हुने गरेको पाइएको छ । मृत्युका कारणमध्ये १.४ प्रतिशत आत्महत्या हुने गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले आत्महत्याको रोकथाम गर्नका लागि कार्यक्रम संचालन गरे पनि परिणाम निस्कन नसकेको बताए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागमा महानिर्देशक डा. आरपी बिच्छाले २०० भन्दा बढी शय्या भएका १३ वटा अस्पतालमा १० शय्याका दरले मानसिक रोगीका लागि बनाउन थालिएको बताए ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का नेपाल प्रमुख डा. राजेश संभाजिराव पाण्डवले नेपालले आत्महत्याको रोकथाम गर्न नसक्ने हो भने नसके दिगो विकासका लक्ष्य र डब्लूएचओको विश्व मानसिक स्वास्थ्य कार्ययोजना हासिल गर्न नसक्ने बताए ।

कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले सरकारले आत्महत्या रोकथाम गर्नका लागि प्रयास गरिरहेको भए पनि परिमाण भने नआएको बताए । विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जना मानिसले आत्महत्या गर्ने गरेको पाइएको छ ।

१० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयस्कमा हालको अवस्थामा पनि मानसिक समस्या रहेको पाइएको छ । यस्तै २.३ प्रतिशत वयस्कमा र ०.६ प्रतिशत किशोरकिशोरीमा उदासीनताको समस्या देखिएको र ३.९ प्रतिशत किशोरकिशोरीमा हालको अवस्थामा आत्महत्याको सोच रहेको पाइएको मन्त्रालयले सार्वजनिक गरेको अध्ययनमा देखाइएको छ ।

१.१ प्रतिशत वयस्क र ०.७ प्रतिशत किशोरकिशोरीले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको पाइएको छ ।

विश्वमा बर्सेनि एक करोड ६० लाख जनाले आत्महत्या गर्ने गरेका छन् । झण्डै ९५ प्रतिशत व्यक्तिहरू, जसले आत्महत्याको प्रयास वा आत्महत्या गर्छन्, उनीहरुमा मानसिक समस्या रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ? कसरी बडाउने?

प्रतिरक्षा प्रणाली बिना, हाम्रो शरीर ब्याक्टेरिया, भाइरस, परजीवी र अधिकबाट आक्रमण गर्न खुला हुनेछ।

७ मस्तिष्क व्यायाम जसले तपाईको दिमागलाई बलियो बनाउँदछ

मस्तिष्क प्रशिक्षण आजका दिनहरूमा बलियो इच्छाहरू मध्ये एक हो, र मानिसहरूले प्रायः आफ्नो दिमागलाई तिखार्न र बौद्धिकता बढाउने तरिकाहरू खोज्छन्।

राप्रपाको चुनाव अझै सुरु भएन, बिहानैदेखि लाइन बसेका प्रतिनिधि आक्रोशित

बिहान ८ बजेदेखि हुने भनिएको राप्रपाको चुनाव अझैसम्म सुरु हुन सकेको छैन । निर्धारित समयमा मतदान सुरु नभएको भन्दै बिहानैदेखि लाइनमा बसेका प्रतिनिधिले आक्रोश व्यक्त गर्न थालेका छन् । यद्यपि, अबको केही समयपछि मतदान सुरु हुने बताइएको छ ।

अब होमवर्क गर्न छोडिदिनुस्, भोलिदेखी विद्यालय अनिश्चितकाललाई बन्द !!

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आज सूर्यग्रहण लाग्दै, नेपालबाट नदेखिने

आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अब होमवर्क गर्न छोडिदिनुस्, भोलिदेखी विद्यालय अनिश्चितकाललाई बन्द !!

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

ताजा समाचार

ओलीकै अगाडी ९० वर्षीया भद्रकुमारी घलेको घोषणा, ‘षडयन्त्र गरेर ओली नेतृत्वको सरकार ढालिए पनि जनमतबाट पुनः सत्तामा ओलीको आगमल हुन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार पूरानी राजनीतिज्ञ ९० वर्षीया भद्रकुमारी घलेको मैतिदेवीस्थित निवासमापúेका थिए ।

केपी ओली: एक वर्षभित्रमा एमालेको सरकार बन्छ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

हलिउडकी चर्चित अभिनेत्री तथा मोडल हुन् किम कार्दशियन । धेरैजसो हट फोटोशुटका कारण चर्चामा आइरहने किम बलिउडको फ्यान पनि हुन् ।

रवीन्द्र मिश्र : पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने बताएका छन् ।

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search