रोनाल्डोको दोस्रो ‘डेब्यु’ म्यानचेस्टरमा प्रतिक्षा

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। समर ट्रान्सफर (खेलाडी सरुवा बजार) को डेडलाइन डेमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका क्रिस्टियानो रोनाल्डोले शनिबार क्लबबाट दोस्रो डेब्यु गर्ने पक्का भएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रशिक्षक ओले गनर सोल्सायरले शनिबार घरेलु मैदानमा हुने खेलमा ३६ वर्षिया फरवार्ड शनिबार न्युक्यासलविरुद्धको खेलमा मैदान उत्रने बताएका छन् । यसको अर्थ म्यानचेस्टर युनाइटेडमा रोनाल्डोको दोस्रो डेब्युको ब्यग्र प्रतिक्षामा विश्व फुटबल रहेका छन् । युनाइटेड ३ खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

‘रोनाल्डोले यो साता हामीसँग निकै राम्रो समय बिताएका छन् ।’ सोल्सायरले पत्रकार सम्मेलनमा भने, ‘उनी पक्कैपनि मैदानमा केही बेर रहनेछन् । यो निश्चित छ ।’ पाँच पटकको फिफा वालो डि ओर विजेता रोनाल्डोले गत मंगलबारदेखि टोलीसँगै नियमित प्रशिक्षण गरिरहेका छन् ।

सोल्सायरले रोनाल्डोले ४० वर्षको उमेरसम्म उच्च स्तरको फुटबल खेल्न सक्ने समेत बताएका छन् । रोनाल्डोले युभेन्ट्सबाट यो सिजन सिरी ‘ए’ मा एक खेल खेलेका थिए । रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका हुन् । उनले युनाइटेडसँग २० मिलियन पाउन्डमा २ वर्षको सम्झौता गरेका छन् ।

रोनाल्डोले सन् २००३ देखि २००९ सम्म म्यानचेस्टर युनाइटेडमा २९२ खेलमा ११८ गोल गरेका थिए । त्यसपछि उनी स्पेनिस क्लब रियल मड्रिड पुगेका थिए । सन् २०१८ उनी युभेन्ट्स पुगेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार