spot_img

आन्दोलनको आधिबेहरी आउने पक्का, देउवा र एमसीसी उपाध्यक्षबीच बालुवाटारमा भएको संवाद बाहिरिय पछि

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० जसरी पनि पास गर्ने बताएपछि जनआक्रोश झनै बढेको छ । एमसीसीविरुद्ध आन्दोलन झनै चर्किने निश्चित छ । शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँग छलफलका क्रममा देउवाले यस्तो बताएका हुन्।

नेपालका प्रतिपक्ष र अन्य सत्तारुढ दलका नेतासँगको छलफलपछि बालुवाटार पसेकी फातिमासँगको लामो छलफलका क्रममा देउवाले एमसीसीबारे नेपालका दलहरुले कति पनि कुरा नबुझेको बताएका थिए। ुयहाँका दलहरुले एमसीसीबारेमा कति पनि कुरै बुझेनन्। यिनीहरु अबुझ हुँदा साह्रै गाह्रो भयो, कांग्रेस सभापतिसमेत रहेका देउवाले अमेरिकी टोलीसँग भने, नेपालका अरु पार्टीले यो विषयमा बुझेकै छैनन्। त्यहीकारण मलाई गाह्रो भएको छ।

देउवाले संवादका क्रममा करिब ६० अर्ब अनुदान प्राप्त हुने एमसीसी परियोजना संसदबाट अनुमोदनका लागि केही समय कुरिदिन उपाध्यक्ष सुमारसँग आग्रह गरेका थिए। तपाईंहरुले केही समय पर्खिदिनुस्, म मिलाएर पास गर्छुु, देउवाले अगाडि भने,  आई विल डु दिस्, म जसरी पनि पास गर्छु। र देउवासँगको छलफलमा पनि फातिमाले अब कुर्न सक्ने समय नरहेको भन्दै तत्कालै पास गर्न आग्रह गरेकी थिइन्।

भेटमा सहभागी एक नेताका अनुसार उपाध्यक्ष फातिमा सुमारले अब अनुमोदन हुन्छ या हुँदैन भन्ने भाषामा आफूहरुलाई उत्तर चाहिएको बताएकी थिइन्। अब त धेरै ढिला भइसक्यो, हामी पर्खिने अवस्थामा छैनौँ, उनले देउवासँगको छलफलमा भनिन्, अब हामीलाई एस, नोु मा उत्तर दिनुस्।उनले अब अल्मलिएर बस्ने समय पनि आफूहरूसँग नभएको बताएकी थिइन्। अब अल्मलिएर बस्न सकिन्नँ, उनले भनिन्, अब यो भन्दा बढी अलमल नहोस्।

दलहरुले कुरा नबुझेको भन्दै देउवाले समय मागेपछि उपाध्यक्ष फातिमा सुमारले अब त्यस्तो कुराले नहुने बताएकी थिइन्। अब यस्तो कुराले हुँदैन, अगाडि बढाउने भए बढाउनु, नत्र हाम्रो भन्नु केही छैनु, बैठकमा उनले भनेकी थिइन्। तर देउवाले पटक पटक दलहरूलाई बुझाएर एमसीसी पास गर्ने कुरा दोहोर्‍याएका थिए। उनले पाँच दलीय गठबन्धनमा पनि छलफल भइरहेको बताउँदै एमसीसीलाई राष्ट्रिय सहमति बनाएरै पास गर्ने विश्वास दिलाउन खोजेका थिए।

यसैबीच अर्थमन्त्रालयले दुई पक्षबीच भएको भेटबारेमा प्रेस नोट निकालेर जानकारी दिएको छ। अर्थले दुई पक्षबीच भएको शिष्टाचार भेटका क्रममा एमसीसीबाट नेपालको आर्थिक विकासमा ठूलो सहयोग हुन सक्ने लगायतका विषयमा छलफल भएको जनाएको छ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले नेपाल सरकार एमसीसीबीच सन् २०१७ मा सम्पन्न अनुदानसम्बन्धी कम्प्याक्ट अगाडि बढाउनका लागि आफूले राजनीतिकस्तरमा छलफल जारी राखेको कुरा बताउनु भएको छु, अर्थले प्रेस नोटमा भनेको छ।

त्यस्तै एमसीसी उपाध्यक्ष फातिमा सुमारले उक्त कम्प्याक्ट छिटो भन्दा छिटो संसदबाट अनुमोदन हुने विश्वास व्यक्त गर्दै कम्प्याक्टले नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेको पनि अर्थले उल्लेख गरेको छ।

एमसीसी नेपाली संसदमा विचाराधीन रहेको अवस्थामा राजनीतिक दलहरुबीच सहमति कायम गराउन उपाध्यक्ष फातिमासहितको टोली बिहीबार नेपाल भ्रमणमा आएको हो।

एमसीसी प्रतिनिधिमण्डलले बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईसँग भेट गरेको थियो।

यस्तै शुक्रबार एमसीसीको प्रतिनिधिमण्डलले खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेको थियो। प्रचण्डले पनि एमसीसीलाई राष्ट्रिय सहमतिबाटै पारित गर्ने आश्वासन दिएका थिए।

यसैबीच एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपाल भ्रमणबारे शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएकी छन्।

नेपालका सत्तारुढदेखि प्रतिपक्षीसम्मका दललाई उनले एउटै भाषामा अब कुर्न नसकिने भन्दै पास गर्ने या नगर्ने उत्तर दिन आग्रह गरेकी छन्। तर नेपाली कांग्रेसबाहेक नेपालका राजनीतिक दलहरु एमसीसीलाई यथास्थितिमा पास गर्न नहुने पक्षमा उभिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार