Viber Community
Nop Ads

प्रक्रिया पूरा नगरी प्रतिस्थापन विधेयक पेस

संसद् सचिवालयमा दर्ता भएको एक घण्टाभित्रै विधेयक संसद्‍मा, जेठ १५ मा सरकारले ल्याउने बजेटजसरी विधेयक पेस गर्न सभामुखले दिए अनुमति

Viber Community

नेपाल अनलाइन पत्रिका

budget of nepal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सरकारले बजेटसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयकलाई प्रक्रिया पूरा नगरी संसद्मा पेस गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गरेको बजेटसम्बन्धी (आर्थिक, राष्ट्र ऋण उठाउने र विनियोजन) अध्यादेशको प्रतिस्थापन विधेयक शुक्रबार संसद्मा पेस गरेको भनिए पनि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षको सुरुमै ल्याउने बजेटको ढाँचामा विधेयक पेस गरेका हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रतिनिधिसभा नियमावलीअनुसार बजेट विधेयकबाहेक अन्य विधेयक संसद् सचिवालयमा दर्ता गरेको पाँच दिनपछि मात्रै पेस गर्नुपर्छ । तर, अर्थ मन्त्रालयले शुक्रबार दिउँसो संसद् सचिवालयमा दर्ता गरेको आर्थिक, राष्ट्र ऋण उठाउने र विनियोजनसम्बन्धी प्रतिस्थापन विधेयक बढीमा एक घण्टाभित्र अर्थमन्त्रीले संसद्मा पेस गरे ।

दर्ता गरेको पाँच दिनअगावै विधेयक पेस गर्ने हो भने संसद्को नियम निलम्बन गर्नुपर्छ । नियमावलीमा सांसदलाई विधेयक वितरण गर्न दुई दिन र पेस गर्न पाँच दिनको समय दिनुपर्ने प्रावधान छ । ‘कुनै पनि विधेयक दर्ता भएको पाँच दिनपछि मात्रै संसद्मा पेस गर्नुपर्ने संसद् नियमावलीमा व्यवस्था छ, त्योभन्दा अघि पेस गर्ने हो भने नियम निलम्बन गर्नुपर्छ,’ संसद् सचिवालयका पूर्वसचिव मुकुन्द शर्माले भने ।

अर्थमन्त्री शर्माले संसद्मा पेस गरेको विवरणमा ‘अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा संघीय संसद्मा प्रस्तुत वक्तव्य’ भनिएको छ । यसअनुसार पनि यो विधेयकमा प्रतिनिधिसभा नियमावलीको नियम १०३ को प्रावधान आकर्षित हुन्छ । नियम १०३ मा संसद् सचिवालयमा विधेयक दर्ता भएपछि सरकारी विधेयकको हकमा दुई दिन र गैरसरकारी विधेयकको हकमा चार दिनभित्र प्रत्येक सदस्यलाई विधेयकको प्रति उपलब्ध गराउनुपर्ने प्रावधान छ

सरकारले ल्याएको विधेयकमाथि सांसदलाई विरोधको सूचना पेस गर्ने मौका दिनुपर्ने हुन्छ । यसरी विरोध दर्ता भएपछि विरोधकर्तालाई सरकारले स्पष्ट पार्ने मौका सभामुखले दिनुपर्छ । यो कुनै पनि प्रक्रिया पूरा नगरी सभामुख अग्निप्रसाद सापकोटाले जेठ १५ मा सरकारले ल्याउने बजेटजसरी सदनमा अर्थमन्त्री शर्मालाई विधेयक पेस गर्न अनुमति दिएका हुन् ।

सभामुखले जुन प्रक्रिया अपनाएको हो, त्यसरी बजेट पेस गर्दा संयुक्त सदन बस्नुपर्ने संवैधानिक प्रावधान छ । संविधानको धारा ११९ मा अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय सदनका दुवै सदनको संयुक्त बैठकमा बजेट पेस गर्नुपर्ने हुन्छ । यो प्रक्रिया पनि पूरा नभएकाले सभामुख सापकोटाले आफ्नो अधिकार प्रयोग गरी अर्थमन्त्री शर्मालाई विधेयक पेस गर्न दिएका हुन् । ‘अर्थमन्त्रीले पेस गरेको विधेयकको कुनै पनि प्रक्रिया पूरा गरेको देखिएन,’ सांसद हृदयेश त्रिपाठीले भने, ‘प्रतिस्थापन विधेयकको नाममा विस्थापन आयो ।

नयाँ बजेट ल्याएको हो भने अर्थमन्त्रीले संयुक्त सदनमा मात्रै प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । यो पनि नदेखिएकाले संसदीय प्रक्रिया पूरा गरेर विधेयक पेस गरेको देखिएन ।’ सभामुख सापकोटाले प्रतिनिधिसभाको नियम १४९ को उपनियम १ र ५ अनुसार विधेयक प्रस्तुत गर्न अनुमति दिए । उपनियम १ मा वार्षिक अनुमान प्रस्तुत भएलगत्तै पछि बसेको बैठकमा अर्थमन्त्रीले सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक प्रस्तुत गर्ने र उपनियम (५) मा आर्थिक विधेयकका सम्बन्धमा यस नियममा उल्लेख गरिएबाहेक सभामुखले उपयुक्त ठहर्‍याएको कार्यविधि अपनाइने उल्लेख छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले भने सबै प्रक्रिया पूरा गरी सदनमा विधेयक पेस गरेको दाबी गरे ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेमकिपाका सांसद प्रेम सुवालले राखेको प्रस्ताव टुंग्याउने प्रक्रियादेखि नै गलत भएको बताए । ओली सरकारले जारी गरेको बजेटसम्बन्धी अध्यादेश संसद्मा एमालेले विरोध गरिरहेकै अवस्थामा बहुमतका आधारमा स्वीकृत गरिएको थियो । तीनवटै अध्यादेश अस्वीकृत गर्न नेमकिपाका सांसद सुवालले सूचना दर्ता गरेका थिए । सुवालले राखेको तीनै अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेस नै नगर्दै सभामुख सापकोटाले अध्यादेश निर्णयार्थ प्रस्तुत गरेका हुन् ।

‘प्रमुख प्रतिपक्षले अवरोध गरिरहँदा मैले आफ्नो अस्वीकारको प्रस्ताव सदनसमक्ष पेस गर्न अप्ठ्यारो महसुस गरेको छु, प्रमुख प्रतिपक्षको मागलाई सम्बोधन गरेर सभालाई अघि बढाउन अनुरोध गर्दछु, आफ्नो अस्वीकारको प्रस्ताव पेस नगर्ने जानकारी गराउँदछु,’ सुवालले भने । तर सभामुख सापकोटाले सुवालले आफ्नो प्रस्ताव फिर्ता लिएको भन्दै निर्णयार्थ पेस गर्नु नपरेको जानकारी सदनलाई गराए । सुवालले भने आफूले फिर्ता नलिएको बताइरहे ।

सुवालले प्रस्तावलाई रोस्ट्रमबाटै पेस गर्ने र वाचन गर्ने वातावरण बनाइदिन बारम्बार आग्रह गरे । सभामुखले भने आफ्नो सिटबाटै प्रस्ताव राख्न रुलिङ गरे । अर्थमन्त्री शर्माले अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरे । त्यसपछि बहुमतले अध्यादेश स्वीकृत भएको सभामुख सापकोटाले घोषणा गरे ।

अर्थमन्त्री ल्याएको बजेटको आयु कति ?

अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशको प्रतिस्थापन विधेयक पेस गरेको संसद्लाई जानकारी गराएका छन् । ‘प्रतिनिधिसभाको यस गरिमामय बैठकमा नेपाल सरकारको अर्थमन्त्रीका रूपमा आर्थिक वर्ष २०७८/७९ को अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्न उपस्थित भएको छु,’ उनले भने, ‘पूर्ववर्ती सरकारले अध्यादेशमार्फत घोषणा गरेको आर्थिक वर्ष २०७८/७९ को आयव्ययसँग सम्बन्धित अध्यादेशहरू प्रतिनिधिसभामा मैले प्रस्तुत गरिसकेको छु, वर्तमान सरकारको नीति र प्राथमिकता, कोभिड–१९ महामारीबाट सिर्जित चुनौतीसमेतलाई सम्बोधन गर्न र जनप्रतिनिधिको अनुमोदन नभई कर लगाउन नपाइने मान्य सिद्धान्तमा आधारित रहेर राजस्व र व्यय अनुमानको विवरण परिमार्जनसहित प्रतिस्थापन विधेयक यस सार्वभौम संसद्मा पेस गरेको हुँ ।’

अर्थमन्त्रीको भनाइले यो विधेयक अब भदौ ३० भित्र पारित गरिसक्नुपर्ने हुन्छ किनभने ओली सरकारले जारी गरेको बजेटसम्बन्धी अध्यादेश साउन ३ को संसद् बैठकमा पेस भएको थियो । संविधानको धारा ११४ मा अध्यादेश संसद्मा पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने हुन्छ नत्र स्वतः खारेज भएको मानिन्छ । संसद्को दुवै सदनबाट पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण गरिसक्नुपर्ने समय अब पाँच दिनमात्रै बाँकी छ । प्रतिनिधिसभाको बैठक आइतबार र राष्ट्रिय सभाको बैठक सोमबारलाई बोलाइएको छ ।

विधेयक पारित हुनेमा अर्थमन्त्रीसमेत ढुक्क छैनन् । ‘अध्यादेशको प्रतिस्थापन विधेयक पारित गर्ने समय ३० गतेसम्म छ, हामीले चाहेको के थियो भने प्रतिपक्षसँग अध्यादेश पारित गरौं भनेर कानुनमन्त्रीले छलफल पनि गर्नुभयो,’ अर्थमन्त्री शर्माले भने, ‘हामीले समयमै पेस गरेका छौं, विधेयक पारित गर्न प्रतिपक्षलाई पनि आह्वान गर्छौं, अन्यथा देशमा खर्च गर्न अप्ठ्यारो हुन्छ भन्ने कुरासहित छलफल गर्छौं । मलाई लाग्छ उहाँहरूले सहयोग गर्नुहुन्छ ।’ ३० भित्र पनि विधेयक पारित नभएमा सरकारले पेस्की खर्चमा मुलुक चलाउने नीति लिएको छ ।

संसद्मा विनियोजन विधेयक विचाराधीन रहेका बेला सरकारलाई खर्च गर्ने बजेट अभाव भएमा पेस्की खर्च गर्न पाउने व्यवस्था छ । त्यसैले प्रमुख प्रतिपक्षको विरोधका बाबजुद सरकारले विधेयक संसद्मा पेस गरेको हो । संसद्मा विधेयक पेस नगरी पेस्की खर्च गर्न नपाउने संवैधानिक प्रावधान छ । संविधानको धारा १२२ मा भनिएको छ, ‘विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा आर्थिक वर्षका लागि अनुमान गरिएको व्ययको कुनै अंश पेस्कीका रूपमा संघीय ऐनबमोजिम खर्च गर्न सकिनेछ ।’ पेस्कीको रकम आर्थिक वर्षको व्यय अनुमानको एक तिहाइभन्दा बढी हुनुहुँदैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

इतिहासमा नेकपा एमाले : क-कसको नेतृत्वमा चल्यो दशौं माहाधिवेशनसम्म आइपुग्दा ?

यहि मंसिर १० देखि १४ गतेसम्म चलेको नेकपा एमाले पार्टीको दशौं महाधिवेशनको गतिविधिले देश अझै तातेको छ । महाधिवेशनमा प्रतिनिधिहरूको भूमिका ज्यादै ठूलो देखिएको थियो ।

पहिलो पटक गोला प्रक्रियाबाट तोकियो पेसी सर्वोच्च अदालतमा

सर्वोच्च अदालतमा बुधबारदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो ।

प्रेम आले आफु चढेरै निशुल्क बस सेवा उत्घाटन गरे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् ।

मत परिणामको म स्वागत गर्छु : घनश्याम भुसालले भने

नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोगेका हुन्।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

ओलीले चाहेकै जस्तो ‘हार्डलाइनर’ टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर ९हार्डलाइनर० टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ।

ट्रेन्डिङ समाचार

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

ताजा समाचार

इतिहासमा नेकपा एमाले : क-कसको नेतृत्वमा चल्यो दशौं माहाधिवेशनसम्म आइपुग्दा ?

यहि मंसिर १० देखि १४ गतेसम्म चलेको नेकपा एमाले पार्टीको दशौं महाधिवेशनको गतिविधिले देश अझै तातेको छ । महाधिवेशनमा प्रतिनिधिहरूको भूमिका ज्यादै ठूलो देखिएको थियो ।

पहिलो पटक गोला प्रक्रियाबाट तोकियो पेसी सर्वोच्च अदालतमा

सर्वोच्च अदालतमा बुधबारदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो ।

प्रेम आले आफु चढेरै निशुल्क बस सेवा उत्घाटन गरे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् ।

मत परिणामको म स्वागत गर्छु : घनश्याम भुसालले भने

नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोगेका हुन्।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

ओलीले चाहेकै जस्तो ‘हार्डलाइनर’ टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर ९हार्डलाइनर० टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search