‘जिन्दगीभर कृष्णाको अनुहार हेर्न मन छैन’, गोबिन्दाकी श्रीमती सुनिताले भनिन्

बलिउड अभिनेता गोबिन्दाकी श्रीमती सुनिता अहुजाले भाञ्जा कृष्णा अभिषेकबारे कडा टिप्पणी गरेकी छिन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

 नेपाल अनलाइन पत्रिका – काठमाडौं। बलिउड अभिनेता गोबिन्दाकी श्रीमती सुनिता अहुजाले भाञ्जा कृष्णा अभिषेकबारे कडा टिप्पणी गरेकी छिन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

द कपिल र्शा शोमा सुनिता र गोबिन्दा पाहुनाको रुपमा आउन लागेपछि कृष्णाले उक्त कार्यक्रममा प्रस्तुती नदिने बताएका थिए । सुनिताले त्यहि विषयलाई लिएर आफ्नो रोष व्यक्त गरेकी छिन् ।

कृष्णाको निर्णयमा आफूहरु असाध्यै दुःखी भएको बताउँदै सुनिताले उनीहरुबीचको विवाद कहिल्यै नसुल्झिने स्पष्ट पारेकी छिन् । उनले रिसाउँदै भनिन्, ‘म उसको अनुहार जीवनभर हेर्न चाहन्नँ ।’

कृष्णा र गोबिन्दाको सम्बन्ध निकै लामो समयदेखि तनावपूर्ण छ । गोबिन्दा र सुनिता अहुजा द कपिल शर्माको आउँदा संस्करणमा देखिनेछन् ।

एक भारतीय सञ्चारमाध्यमसँगको कुरामा सुनिताले तीनवर्ष अघिको घटना स्मरण गर्दै भनिन्, ‘यो त कहिल्यै हुनै सक्दैन । तीन वर्ष अघि पनि मैले भनेकी थिएँ कि म हुँदासम्म यो विवाद सुल्झिने छैन ।

परिवारको नाममा तपाईंले कसैमाथि दुर्व्यवहार र होच्याउने काम त गर्नुभएन नि । हामीले उनीहरुलाई हुर्काएका हौं, उनीहरुको आशामा बाँचेका पनि छैनौं । म अहिलेका लागि यत्ति मात्रै भन्न सक्छु कि यो विवाद कहिल्यै सुल्झिने छैन र जीवनभरी उसको अनुहार हेर्न चाहन्नँ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार