रवि लामिछाने : एमसीसी पास गर्नुपर्छ

एममीसी बारे नबोलेको भनेर चर्को आलोचना भए पछि संचारकर्मी रवि लामिछानेले बल्ल मुख खोलेका छन् । उनले एमसीसी पास गर्नुपर्ने धारणा राखेका हुन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

 

नेपाल अनलाइन पत्रिका – काठमाडौं। एममीसी बारे नबोलेको भनेर चर्को आलोचना भए पछि संचारकर्मी रवि लामिछानेले बल्ल मुख खोलेका छन् । उनले एमसीसी पास गर्नुपर्ने धारणा राखेका हुन् । सामाजि संजाल मार्फत आफ्नो विचार राख्दै लामिछानेले फेरी पनि गोलमाल जवाफ दिएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

टेलिभिजनको कामले बोल्न नभ्याएको भन्दै एमसीसी जस्तो देशकै सार्वभौमिकताको बिषयमा जोडिएको बिषयमा पनि उनले हलुका जवाफ दिएका छन् ।
अहिले पनि एमसीसीको पक्ष वा विपक्ष के हो भन्ने नखुलाई लामिछानेले एमसीसीको विरोध गर्न सकेका छैनन् ।

संशोधन सहित संसदबाट एमसीसी पास गर्नु पर्ने पक्षको कित्तामा उनले आफुलाई उभ्याएका छन् । नेपालको संविधान भन्दा माथी नरहने गरि एमसीसी पास गर्नु पर्ने आसय उनले व्यक्त गरेका छन् ।

एमसीसीकी उपाध्यक्ष फतिया सुमार नेपाल आएको दिन बल्ल रविले मुख खोलेका छन् । सामाजिक संजाल मार्फत रविले व्यक्त गरेका धारण यस्तो छ हेर्नुस जस्ता को तस्तैः

एमसीसी बारे मैले त त्यति बेला नै बोलेको थिएं जति बेला केही मानिसहरु बोल्दा वा नबोल्दाको फाइदार बेफाइदा हिसाब गर्दै थिए। हेर्न, सुन्न, बुझ्न छुटाउनु हुनेहरुकालागि फेरि पनि दिहोर्याएर भन्छुस् बिना परिमार्जन जस्ताको तस्तै लागू हुने भएको खण्डमा म एमसीसी को बिपक्षमा छु।

एमसीसी का बुंदाहरु संशोधन हुदैनन् भन्ने अमेरिकी अडान सँगै, बिना संशोधन संसदबाट पारित हुनु हुदैन भन्ने मेरो अडानपनि कायम नै रह्यो। लिखित जवाफ मार्फत एमसीसी अमेरिकाले नेपालको संविधान भन्दा माथी यो सम्झौता होइन भनेछ। त्यसो भए त्यो र अन्य त्यस्ता बुदा संशोधन गर्न के को आपत्ति रु मैले नबुझेको रहेछु भने बिज्ञहरुले बुझाइदिनु होला। सच्चिन तयार छु। तथ्य फेरिएछ भने धारणा फेरौला।

नोटस् कुनै पनि विषयमा यस्ले आफ्नो धारणा राखिदिए हुन्थ्यो भन्ने स्वभाविक जिज्ञासालाई उच्च सम्मान गर्दछु।हाल म ग्यालेक्सी फोर के को अन्तिम तयारीमा अत्यन्तै ब्यस्त हुन पुगेका कारण कयौं विषयमा बोल्न पाएको छैन।त्यसकालागि क्षमा गर्नु होला तर तपाईंको प्रतीक्षाले अब महिना दिन पनि काट्ने छैन। छुटेका सारा हिसाब अब छिट्टै र सोझै ग्यालेक्सी फोर के मार्फत नै हुन्छन्। कुनै प्रश्न बाँकी भए अघिल्लो लाइन दोहोर्‍याएर पढिदिनु होला।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार