पाँच दशमलव तीन रेक्टर स्केल भूकम्पको धक्का गयो, एकाबिहानै

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ः१३ बजे यहाँ धक्का महसुस गरिएको हो ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ः१३ बजे यहाँ धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार पाँच दशमलव तीन रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तर काशीक्षेत्र आसपास रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

यो पनि, दूधको कारोबारले आत्मनिर्भर
शुक्लाफाँटा नगरपालिका पारिफाँटाका ३४ वर्षीय वीरबहादुर बोहरा पाँच वर्षदेखि दूधको कारोबारमा संलग्न हुनुहुन्छ । उहाँ बिहानीको झिसमिसेमै स्थानीय पशुपालक किसानको घर–घरबाट दूध सङ्कलन गरी बिक्री गर्दै आउनुभएको छ । दूध बिक्री गरी आएको आम्दानीले बोहराको परिवारको खर्च चल्दै आएको छ ।

गर्मी मौसममा ३०० र चिसोमा २६० लिटर दूध सङ्कलन हुने गरेको छ । सङ्कलित दूधका क्यान मोटरसाइकलमा राखेर झलारी बजारबाट महेन्द्रनगरसम्म बिक्री हुने गरेको छ । दूध बिक्री गरेर मासिकरूपमा बोहराले रु ३० हजार आम्दानी हात पार्ने गरेको बताउनुभयो ।

उहाँ सङ्कलित दूध ११ बजेसम्म बजार लगेर बिक्री गरी घर फिर्ता हुने गर्नुभएको छ । दिउँसोको बाँकी समय घरमै खोलिएको किराना पसलमा उहाँले बिताउने गर्नुभएको छ । गाईको दूध रु ४० र भैँसीको दूध रु ४५ प्रतिलिटरमा पशुपालकबाट खरिद गरी बजारमा रु ५० प्रतिलिटरका दरले बिक्री गर्ने गर्नुभएको छ ।

दूध बिक्रीबाट आएको पैसाले तीन कठ्ठा जग्गा, पाँचकोठे पक्की घर निर्माणसँगै सहकारीको सेयरमा बोहराले लगानी गर्नुभएको छ । उहाँले छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आउनुभएको छ । दूधको कारोबारमा लागेका बोहरा यसमै भविष्यका सपना बुन्नमा लाग्नुभएको छ । आफ्नै दुग्ध उद्योग खोलेर आम्दानीलाई बढाउने उहाँको योजना छ ।

उहाँले भन्नुभयो, “घर–घरमा पुगेर दूध बिक्री गरे आम्दानी हुन्छ भन्ने कुरा सम्झाउन सफल भएँ, दैनिक दूध बिक्री गरेर पैसा हातमा पर्न थालेपछि स्थानीय बासिन्दाले सहजरूपमा दूध बिक्री गर्न थाले, त्यसपछि दूध सङ्कलन गरी बजारमा लगेर बिक्री गर्न थालेपछि पशुपालक र आफूले आम्दानी लिन थालेका छौँ ।”

विगतमा घरकै लागि दूधको जोहो मिलाउने स्थानीय बासिन्दाले गतिलो आम्दानी हुन थालेपछि बढी दूध दिने जर्सी गाई र उन्नत जातका भैँसी पाल्न थालेको उहाँले बताउनुभयो । “पहिला दूध बिक्री गर्ने सीमित थिए, हाल सबैका घर–घरमा दुधालु गाई, भैँसीपालन गरेका छन्, दुधालु गाई, भैँसी पाल्नेमध्येका केही परिवारले दूध बिक्री गरी मासिकरूपमा रु २० देखि रु ३५ हजारसम्म आम्दानी लिन थालेका छन्”, उहाँले भन्नुभयो ।

शुक्लाफाँटा नगरपालिका क्षेत्रमा १० जनाले घरघरमा पुगेर उत्पादित दूध सङ्कलन गरी बजारमा बिक्री गर्दै आएका छन् । दैनिक नगरपालिका क्षेत्रबाट तीन हजार ५०० लिटर दूध सङ्कलन हुने गरेको छ । नगरपालिकामा भने झण्डै आठ हजार लिटर दूध उत्पादन हुने गरेको अनुमान छ । बजार क्षेत्रमा सञ्चालित दुग्ध उद्योगमा समेत थोरै मात्रामा दूधको खपत हुने गरेको छ । दही बनाउन र चिया बनाउनमा दूध बढी खपत हुने गरेको छ । केही दुग्ध उद्योगले पनिर र खोया बनाउने कार्यमा समेत दूधको खपत गर्दै आएका छन् ।

दूध बिक्रीबाट गतिलो आम्दानी हुने ठानेर धेरैले बाह्य क्षेत्रबाट उन्नत जातका गाई र भैँसी खरिद गरी व्यावसायिकरूपमा पालन गरेका छन् । उत्पादित दूध बजारमा बिक्री नहुने समस्या देखिन थालेपछि व्यावसायिक गाई, भैँसीपालनमा लागेकाले घाटा व्यहोर्नुपर्ने अवस्था आएको छ । बजारको व्यवस्था मिलाइदिनका लागि दूध उत्पादनमा लागेकाले स्थानीय तहलाई समेत गुहार्न थालेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार