सोमवार, मंसिर १३, २०७८
spot_img

तनावमा प्रचण्ड : ओलीका कारण नै देउवाले सरकार विस्तार गर्न नसकिरहेको

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले विस्तार हुन नसक्नुको तथ्य बाहिरिएको छ । सरकार विस्तारमा ढिलाई हुनुका विभिन्न कारण मध्ये एक कारण नेकपा एमाले पनि रहेको हो । गठबन्धनमा सहभागी नेकपा एसविरुद्धको मुद्दा किनारा नलागेसम्म देउवाले सरकार विस्तार नगर्ने भएका छन् । ‘ओलीले मुद्दा हालेको हाल्यै छन्, विचाराधीन मुद्दामा तत्कालै अगाडि नबढौं भन्ने समझदारी नेताहरुबीच बनेको छ,’ ‘सर्वोच्चबाट मुद्दाको किनारा नलाग्दै सरकार विस्तार गर्दा भोलि अर्कै फैसला आए समस्या पर्ला कि भन्ने देउवालाई पनि लागेको छ ।’ सत्तारुढ गठबन्धन आवद्ध एक नेताले भने,***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

एमालेले भदौ १ गते नै निष्कासनको सूचना दिएका माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ सांसद सभामुखले पदमुक्त नगरेको र निर्वाचन आयोगले उनीहरुसहित गनेर नयाँ दल दर्ता गरेको भन्दै एमाले अध्यक्ष ओली अदालत गएका थिए । २२ भदौमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले उक्त मुद्दामा अन्तरिम आदेश हुने वा नहुनेबारे छलफल गर्न २८ गते दुवै पक्षलाई बोलाउने आदेश गरेको थियो ।

त्यस्तै एकीकृत समाजवादीको दर्ता कानूनविपरीत रहेको भनी ओलीले निर्वाचन आयोगविरुद्ध हालेको मुद्दा पनि विचाराधीन छ । सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ । कम्तिमा भदौ २८ गतेको छलफलसम्मलाई पर्खिने अडान प्रधानमन्त्री देउवाले राखेपछि गठबन्धनका नेताहरु त्यतिबेलासम्म पर्खनलाई सहमत भएका हुन् । ‘त्यसपछि २८ गते बेलुकी नै मन्त्रिपरिषद् विस्तार गर्ने गरी लगभग कुरो टुंगिएको छ,’ ती नेताले भने ।

शुक्रबार भएको सत्ता गठबन्धनका नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीको नाम दिन आग्रह गरेका थिए । शुक्रबार साँझ पुनः बस्ने भनिएको बैठक पनि बसेन । स्रोतका अनुसार केही मन्त्रालयमा बाहेक सबै लगभग टुंगिएको छ । भौतिक पूर्वाधार मन्त्रालयमा जनता समाजवादी र एकीकृत समाजवादीको दावी रहेकाले त्यो भने टुंगिन बाँकी छ । यद्यपि देउवा भौतिक पूर्वाधारसहित पर्यटन, भूमिसुधार, खेलकुद लगायतका मन्त्रालय नेकपा एसलाई दिन सहमत भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार