चीन र पाकिस्तानसँग भिड्नका लागि भारतको तयारी

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। चीन र पाकिस्तानबाट हुने खतरालाई ध्यानमा राखी नरेन्द्र मोदी सरकारले भारतको सरक्षलाई थप शसक्त बनाइरहेको छ। सम्भावित खतरालाई मध्यनजर गर्दै भारत लगातार देशको सुरक्षालाई सुदृढ बनाउने कोशिसमा छ। सरकारले बुधबार भारतीय वायु सेनाका लागि ५६ नयाँ सैनिक विमान किन्ने स्वीकृति दिएको छ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

रिपोर्टका अनुसार प्रधानमन्त्री मोदीको नेतृत्वमा बुधबार मन्त्रिपरिषद्को सुरक्षा समितिको (सीसीएस) एक महत्वपूर्ण बैठक बसेको थियो। बैठकले भारतीय वायु सेनाका लागि ५६ सी–२९५ एमडब्लू यातायात विमान खरिद गर्न अनुमति दिएको हो। यी विमानहरु स्पेनबाट किन्न लागिएको हो।

भारतमै पनि ४० वटा विमान निर्माण हुनेछन्। स्रोतका अनुसार यी ५६ मध्ये १६ वटा विमानहरु स्पेनमा तयार हुनेछन् र ४८ महिनापछि भारत ल्याइनेछ। बाँकी ४० विमानहरु भारतमा नै निर्माण गरिनेछ। यसका लागि स्पेनको कम्पनी र टाटाको गठबन्धन भएको छ। उनीहरुले एकसाथ मिलेर १० वर्षमा यी जहाजहरु निर्माण गर्नेछन्।

रिपोर्टकाअनुसार यो भारतमा आफ्नो किसिमको पहिलो प्रोजेक्ट हो जसमा एक निजी कम्पनीले देशको वायु सेनाको लागि सैन्य विमान बनाउनेछ। ५६ वटै विमानको हाईटेक इलेक्ट्रोनिक युद्ध उपकरणसँग सुसज्जित गरिनेछ। त्यसको मुख्य उद्देश्य युद्ध मैदानमा कुनै समस्याबिना यसले सैनिकहरुलाई मद्दत गरोस् भन्ने हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार