एमाले कार्यकर्ताहरुको रामधुलाई एमसीसीको पक्षमा उत्रिएका !

एमसीसीको पक्ष र सभामुखको विरोध गर्दै प्रदर्शन गर्ने नेकपा एमाले निकट युवा संघ नेपालका नेतारकार्यकर्तालाई प्रहरीले रामधुलाई गरेको छ ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

 नेपाल अनलाइन पत्रिका – काठमाडौं। एमसीसीको पक्ष र सभामुखको विरोध गर्दै प्रदर्शन गर्ने नेकपा एमाले निकट युवा संघ नेपालका नेतारकार्यकर्तालाई प्रहरीले रामधुलाई गरेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

एमाले फुटाउन सभामुख मतियार बनेको भन्दै त्यसको विरोधमा युवा संघले प्रदर्शन गरेको थियो ।

त्यसै समयमा स्वातन्त्र सामाजिक अभियान्ताहरुले एमसीसीे बिरुद्ध शान्तिपूर्ण आन्दोलन गरिरहेका थिए । अभियान्ताहरुले एमसीसीको बिरोध गर्दा केपी ओली लगायत एमाले नेताहरुको आलोचना गरेपछि युवा संघका नेता कार्यकर्ताहरु आवेशमा आएर अभियान्ताहरुले बिरोध गरिरहेको ठाँउमा पुगेर हातपात गर्न खोजेपछि स्थिति तनावग्रस्त भएको थियो ।

सोहि क्रममा प्रहरीले भिडलाई तितरबितर पाखा लगाउँन खोज्दा युवा संघका नेता कार्यकर्ताहरु उल्टै उत्तेजक प्रवृत्ति देखाउन थालेपछि प्रहरीले लाठिचार्ज गरेर आन्दोलनलाई शान्त गरेको थियो ।

एमसीसी संसदमा पेस गर्ने चर्चा चलिरहेका बेला आजै सभामुखले प्रतिनिधि सभाको बैठक आह्वान गरेसँगै युवा नेतारकार्यकर्ता सडकमा उत्रिएका थिए । सोही क्रममा उनीहरूले कालो बेलुन उडाएर एमसीसी र सभामुखविरुद्ध नाराबाजी गरेका थिए ।

विरोधका क्रममा प्रहरीले युवा संघका कार्यकर्तमाथि कुटपिट गरेको संघका सचिव जय गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार प्रहरीले कुटपिट गर्दा युवा संघका उपमहासचिव रामजी सापकोटा, सचिव गणेश थापा, स्थायी कमिटी सदस्यहरू- सम्राट गौचन, वकिल वम, सचिवालय सदस्य- समुन्द्र तिमलसेना, अचुतम सापकोटा घाइते भएका छन् ।

युवा संघका उपाध्यक्ष क्षितिज थेबेका अनसार कालो बेलुन र कालो झण्डा उडाउने क्रममा संघका सचिव महाराज गुरुङ,सचिवालय सद स्यहरु मन्जिब क्षेत्री र कबिन रावतलाई प्रहरीले पक्राउ गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार