एमालेको प्रवक्ता म होईन, योगेश भट्टराईले ठोकेरै भने

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। पार्टी २ जेठ २०७५ कै अवस्थामा फर्किएपछि नेकपा एमालेको प्रचार विभाग प्रमुख एवं प्रवक्ता बनेका सचिव योगेश भट्टराईले आफू पार्टीको प्रवक्ता नभएर प्रदीप ज्ञवाली नै रहेको बताएका छन् ।  शनिबारको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा अहिले आफू प्रचार विभाग प्रमुख र प्रदीप ज्ञवाली प्रवक्ता रहेको बताए ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

आज नै केहीबेरमा फेरि एमालेको स्थायी कमिटीको बैठक बस्दैछ । र, सम्भवतः उक्त बैठकले प्रवक्ता ज्ञवाली वा आफू हुने भन्ने निर्णय गर्ने उनले जानकारी दिए । जेठ २ अघि प्रवक्ता पद नभएको र फागुन २३ पछि आफूहरु बैठकमा अनुपस्थित हुँदा प्रवक्ता पद राखिएकाले उक्त पदको जिम्मेवारी ज्ञवाली नै रहेको उनले बताए ।

शनिबार बैठकमा विधान अधिवेशनबारे छलफल भएको उनले बताएका छन् । विधान महाअधिवेशनमा हालको केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकाय, केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहभागी गराउने प्रस्ताव पार्टी संगठन विभागले राखेको छ ।

एमालेमा विगतमा विधान महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषदका सदस्यहरु सहभागी हुन्थे । तर, नवौं महाधिवेशन पछि राष्ट्रिय प्रतिनिधि परिषद सदस्य चुनिएका छैनन् । त्यसैले अन्तरिम व्यवस्था गरेर विधान महाधिवेशनको प्रतिनिधि टुंगो लगाउन लागेको भट्टराईको भनाइ छ ।

अब, दोस्रो बैठक दिउँसो ३ बजेका लागि डाकिएको छ । उक्त बैठकमा विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक, संगठनिक र विधानसम्बन्धी छुट्टाछुट्टै दस्तावेजमाथि पनि छलफल हुने भट्टराईले जानकारी दिए ।

प्रचार विभाग प्रमुख भट्टराईका अनुसार अहिलेको अवस्थामा एमससीसी हुबहु पारित हुँदैन । उनका अनुसार आवश्यक संशोधन भएपछि मात्र एमसीसी कार्यान्वयन गरिनेछ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार