योगेश भट्टराईले भने “म प्रवक्ता होइन, प्रचार विभाग हेरिरहेको छु”

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमाले नेता योगेश भट्टराईले आफु पार्टीको प्रवक्ता नरहेको बताएका छन् । ‘सर्वोच्च अदालतबाट एमाले ब्युँतिएपछि हाम्रो लाईन पार्टीलाई २ जेठ २०७५ मा फर्काउनुपर्छ भन्ने थियो । त्यस समय हाम्रो पार्टीमा प्रवक्ता तोकिएकै थिएन । म प्रचार विभागको प्रमुख थिएँ’ भट्टराईले शनिबार पत्रकारहरुसँग भने,‘यही विभागमार्फत पार्टीका जानकारीहरु प्रवाह हुने गरेकाले धेरैलाई म प्रवक्ता हुँ भन्ने लागेको थियो ।’***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उनले थपे, ‘सर्वोच्चको फैसलाबाट २३ फागुनमा माओवादी र एमाले ब्यूँतिएपछि हाम्रो पार्टीमा विवाद देखियो र त्यसपछि १० बुँदे सहमति भयो । यही अवधिमा २३ फागुनपछि प्रवक्ता पद सिर्जना भयो र प्रदीप ज्ञवाली प्रवक्ता हुनुहुन्छ, अब उहाँ प्रवक्ता हुने कि म हुने भन्ने कुरा बैठकले टुंग्याउँला । अहिले यो काम उहाँले नै गर्नुहुन्छ, प्रचार विभागको काम म गर्छु ।’

यो पनि होनुहोस्ः नेकपा एमालेको विधान अधिवेशनमा ३ हजार जना प्रतिनिधि रहने प्रस्ताव आएको छ । बिहान बसेको पार्टीको स्थायी कमिटी बैठकबारे जानकारी दिँदै नेता योगेश भट्टराईले केन्द्रीय कमिटी, केन्द्रीय विभाग, निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी, पार्टीका जनवर्गीय सङ्गठन, सङ्घीय तथा प्रदेश सांसद, स्थानीय तहका प्रतिनिधिहरू समेत गरेर ३ हजार जना प्रतिनिधि रहने प्रस्ताव आएको जानकारी दिए ।

एमालेको विधान अधिवेशनबारे छलफल गर्न शनिबार दिउँसो ३ बजे फेरि च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्ने उनले बताए । ‘विधान अधिवेशनमा प्रतिनिधि को–को हुने भन्ने विषयमा छलफल गरेका छौँ । हाम्रो अघिल्लो विधानले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरू स्वतः विधानको प्रतिनिधि हुने व्यवस्था गरेको थियो । तर, नवौँ राष्ट्रिय अधिवेशनपछि पार्टी एकता भयो र प्रतिनिधि परिषद्को निर्वाचन हुन पाएन ,’ भट्टराईले भने, ‘त्यसैले अन्तरिम व्यवस्थामार्फत गरेर विधान महाधिवेशनका प्रतिनिधिहरू निश्चित गर्नुपर्ने भएकाले यस विषयमा छलफल गर्दैछौँ ।’

बैठकमा राजनीतिक र साङ्गठनिक विषयमा पनि छलफल हुने उनले बताए । ‘स्थायी कमिटीले सबै विषयमा छलफल गरेपछि केन्द्रीय कमिटीमा दस्तावजेहरु जान्छ, र केन्द्रीय कमिटीले छलफल गरेपछि विधान महाधिवेशनमा ती दस्तावेजहरू जान्छ,’ उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार