जग्गाको मूल्य तोक्यो काठमाडौं महानगरले : बालाजु, गोङ्गबु, सामाखुसी, टोखाक्षेत्रमा आनाको कति ? (सूचिसहित)

काठमाडौं महानगरपालिकाले महानगरभित्रको जग्गाको मूल्य तोकेको छ । आर्थिक वर्ष २०७७/७८ को आर्थिक विधेयकमार्फत् महानगरभित्रका जग्गाको नयाँ मूल्य तोकिएको हो ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरभित्रको जग्गाको मूल्य तोकेको छ । आर्थिक वर्ष २०७७/७८ को आर्थिक विधेयकमार्फत् महानगरभित्रका जग्गाको नयाँ मूल्य तोकिएको हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

महानगरले सडक तथा गल्लीलाई आधार बनाएर महानगरले आनाका हिसाबले जग्गाको मूल्य तोकेको हो । महानगरले सबैभन्दा सस्तोमा आनाको १३ लाख रुपैयाँदेखि महंगोमा आनाकै ५० लाख रुपैयाँसम्म मूल्य तोकेको छ । यो मूल्यअनुसार महानगरले सम्पत्तिको कर असूल गर्छ ।

गोङ्गबु गाबिसमा पर्ने बिष्णुमती कोरिडोर क्षेत्रका लागी आनाको १२ लाख तोकिएको छ । त्यस्तै बालाजु रिङ्गरोड चोकदेखी औधोगिक क्षेत्र हुँदै बाईपास चोकसम्म, बाईपास चोकदेखी चक्रपथ माछापोखरी चोकसम्म मुलबाटोसंग दाँयाबाँयाका जग्ग्गाको २२ लाख तय गरिएको छ ।

सामाखुसी चक्रपथ चोकवाट खरिबोट हुँदै टोखा ग्रीनल्याण्डसम्मको मुलबाटोसंग जोडिएको दाँयाबायाँका जग्ग्गाहरु आनाको १६ लाख तोकिएको छ । मनोहरा पुल– तीनकुने–चावहिलसम्मको प्रतिआना २८ लाख रुपैयाँ तोकेको छ। नयाँ बानेश्वरदेखि त्रिपुरेश्वरसम्मको मुख्य सडक क्षेत्रको मूल्य ३२ हजार रुपैयाँ मूल्यांकन हुने महानगरले जनाएको छ।

चक्रपथको वनस्थलीदेखि नारायणगोपाल चोक –धोबीखोला पुलसम्म २८ लाख रुपैयाँ तोकिएको छ। नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्मको २८ लाख मूल्यांकन हुनेछ।

काठमाडौंको सबैभन्दा बढी न्युरोड सडक क्षेत्रमा प्रतिआना ५० लाख रुपैयाँ तोकिएको छ। त्यसैगरी केशरमहल, ठमेल, असन, वीर अस्पताल, वायुसेवा निगम, पुराने बसपार्क, पुतलीसडक, बागबजारमा ५० लाख मूल्यांकन नै गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार