लक्षण के हो, कसरी जोगिने : निपा भाइरस के हो ?

निपा भाइरसको संक्रमण फैलन नदिन नेपालमा पूर्वतयारी थालिएको छ । यो रोगको जोखिम नेपालमा पनि रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी स्वरुप देशभरका अस्पतालहरुलाई ‘अलर्ट’ हुन बिहीबार निर्देशन दियो ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। निपा भाइरसको संक्रमण फैलन नदिन नेपालमा पूर्वतयारी थालिएको छ । यो रोगको जोखिम नेपालमा पनि रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी स्वरुप देशभरका अस्पतालहरुलाई ‘अलर्ट’ हुन बिहीबार निर्देशन दियो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

भारतको केरलामा भेटिएको निपा भाइरसको संक्रमणको अवस्था बारे छलफल गर्दै मन्त्रालयले त्यस्ता केसहरु देखा परेमा विस्तृत विवरणसहित परीक्षणका लागि संकलित नमुना टेकुमा पठाउन अस्पतालहरुलाई निर्देशन दिएको थियो ।

के हो यो रोग ?
निपा भाइरस एक जुनोटिक भाइरस हो । जुन जनावरबाट मानिसमा सर्छ र मानिसको खानाको माध्यमबाट वा प्रत्यक्ष रुपमा मानिसबाट अर्को मानिसमा पनि सर्न सक्छ । यो भाइरसको संक्रमणले मानिसमा कुनै लक्षण नदेखिनेदेखि श्वासप्रश्वाससम्बन्धी समस्या र अझै घातक समस्या देखिन सक्छ । यो भाइरसको संक्रमणको कारण बङ्गुरजस्ता जनावरमा झन् गम्भीर किसिमका रोग देखिन्छ । जसको कारण विशेषगरी किसानहरुलाई धेरै आर्थिक क्षतिसमेत हुने गरेको छ ।

लक्षण के हो ?
ज्वरो आउने ।
शरीर, घाँटी र टाउको दुख्ने ।
विस्तारै रिंगटा लाग्ने, लोलाउने र बेहोस हुने ।
वान्ता हुने ।
शरीर कमजोर हुने ।
नसासम्बन्धी समस्या देखिने ।
शरीरमा एलर्जीलगायतका अन्य समस्या देखिने ।
कसैकसैलाई निमोनिया तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने ।
मानसिक असन्तुलन पैदा गर्ने ।
लक्षण देखा परेको २४ देखि ४८ घण्टाभित्रै बिरामी कोमामा जान सक्ने ।

कसरी बच्ने ?
डा. शेरबहादुर पुनका अनुसार यो रोग लागेका १० जना बिरामीमध्ये ५ जनाको मृत्यु हुने गर्छ । यो भाइरसको संक्रमणविरुद्ध अहिलेसम्म कुनै पनि औषधि र खोप पत्ता लागेको छैन । त्यसैले यो रोग पहिचान भएका स्थानमा चमेरा तथा बङ्गुरको सम्पर्कबाट टाढै बस्नुपर्ने डा. पुनको सुझाव छ ।

निपा भाइरस संक्रमित व्यक्तिको क्लोज कन्ट्याकमा रहेका व्यक्तिहरुलाई क्वारेन्टिनमा राखेर परीक्षण गरी संक्रमण भए नभएको छुट्याएर उपचार गर्नुपर्ने डा. पुन बताउँछन् । यसको संक्रमण भएमा २० देखि ४८ घण्टामा बिरामी कोमामा पुर्‍याउने डा. पुनको भनाइ छ ।

बिरामी निको भए पनि त्यस्तो व्यक्तिको स्नायु प्रणालीमा केही असर भने बाँकी नै रहने उनले बताए । यो भाइरस मानिसमा लागेपछि परीक्षण गर्दा देखिन सामान्यतया ४ देखि १४ दिनसम्म लाग्छ । कुनै कुनै अवस्थामा भने ४५ दिनसम्म पनि लक्षण नदेखिन सक्छ । यो भाइरसको संक्रमणको कारण मृत्यु हुने दर भने ४० देखि ७५ प्रतिशतसम्म पनि हुन सक्छ । मृत्युदर भाइरसको संक्रमणको प्रकृतिअनुसार फरक–फरक पर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार