कोरोनाविरुद्धको खोप दिइयो इन्द्रजात्रा व्यवस्थापनमा खटिनेहरूलाई

इन्द्र जात्राको व्यवस्थापनमा खटिने तीन सय जनालाई काठमाडौं महानगरपालिकाले कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिएको छ ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं।  इन्द्र जात्राको व्यवस्थापनमा खटिने तीन सय जनालाई काठमाडौं महानगरपालिकाले कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिएको छ । काठमाडौंको मजिपाटस्थित लाखे ननीमा खोप कार्यक्रम चलाइएको हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महामारीबाट आफू बचेर परम्परा बचाउने उदेश्यका साथ खोप अभियान चलाइएको बताए ।‘विश्वव्यापी महामारीलाई कम ठान्नु हुँदैन । अर्कोतिर हामीले पुस्तौंदेखि मनाउँदै आएका पर्वहरूलाई नियमित गर्नुपर्ने छु, उनले भने ।

खोपसहित जात्रा सञ्चालनका लागि मास्क, पञ्जा, स्यानिटाइजरलगायत स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराइने उनले बताए ।

महानगरको कार्य प्रसंसा योग्य रहेको बताउँदै इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यले खुशी व्यक्त गरे ।

यस वर्ष इन्द्रजात्राका कार्यक्रम सुरु भइसकेका छन् । भदौ २३ गते बिहान १० बजेर ५२ मिनेटमा बनयात्रा सुरु गरिएको थियो । त्यसै दिन बेलुका ७ बजेर २७ मिनेटको साइतमा इन्द्रध्वजका रुपमा गाडिने लिङ्गोका लागि रुख काटिसकिएको छ ।

भदौ २९ गते मंगलबार बिहान १० बजेर ३४ मिनेटको साइतमा लिङ्गोलाई नगर प्रवेश गराइनेछ । असोज २ गते शनिबार विहान ६ बजेर ५१ मिनेटको साइतमा इन्द्रध्वज उत्थान हुनेछ ।

त्यसको भोलिपल्ट असोज ३ गते कुमारी रथयात्रा सुरु हुनेछ । त्यस दिन बसन्तपुरको तल्लो टोल र असोज ४ गते माथिल्लो टोलमा रथ यात्रा हुनेछ । ८ गते नानिचा यात्रा हुनेछ । त्यसैदिन राति १० बजेर ५६ मिनेटको साइतमा इन्द्रध्वज पतन हुनेछ । यसपछि जात्रा सकिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार