४१ जनालाई प्रहरी जागिर गृहमन्त्रीको सहयोगमा लगाए भन्दै फेसबुकमा नामसहित लेख्ने काँग्रेस कार्यकर्ता समातिए

गृहमन्त्रीको सहयोगमा ४१ जनालाई प्रहरी जागिर लगाए भन्दै फेसबुकमा नामसहित लेख्ने काँग्रेस कार्यकर्ता पका्रउ परेका छन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। गृहमन्त्रीको सहयोगमा ४१ जनालाई प्रहरी जागिर लगाए भन्दै फेसबुकमा नामसहित लेख्ने काँग्रेस कार्यकर्ता पका्रउ परेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

पक्राउ पर्ने प्युठानको ऐरावती गाउँपालिका १ का ३० वर्षीय नरेन्द्र गुरुङ रहेका छन् । उनले गृहमन्त्री बालकृष्ण खाँणको सहयोगमा प्युठानका ११ जना र देशभरबाट ४१ जनाको नाम निकाल्न सफल भएको फेसबुकमा लेखेका थिए ।

‘मेरो व्यक्तिगत पहलमा प्युठानी छोराहरुले नेपाल प्रहरीमा नाम निकाल्न सफ भएका छन्, भाइहरुलाई हार्दिक बधाई छ। नेपाली कांग्रेस प्युठानका उपसभापति बद्री लम्साल ज्युको पहलमा ११ जना, हिमाल शाक्य, राजन लगायतअन्य साथीहरुको सिफारिसमा गरी देशभरबाट ४१ जना नाम निकाल्न सफल भएको छु। सहयोगको लागि माननीय गृहमन्त्री बालकृष्ण खाँण ज्युलाई धन्यवाद’, भन्दै दीपेन्द्रले गत बिहीबार फेसबुकबाट नाम पनि सार्वजनिक गरेका थिए।

गुरुङले प्युठानबाट कांग्रेसका उपसभापति बद्री लम्सालले सिफारिस गरेको र युवाहरूलाई नाम निकाल्न गृहमन्त्री खाँणले सहयोग गरेको उल्लेख गरेका थिए । सहयोगका लागि भन्दै गृहमन्त्री खाँणलाई फेसबुकमै धन्यवाद दिएका थिए ।

पक्राउ परेका गुरुङलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइने केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी वसन्त कुँवरले जानकारी दिए ।

यसैबीच कांग्रेसका जिल्ला उपसभापति बद्री लम्सालले विज्ञप्ति जारी गर्दै आफूलाई बदनाम गराएर महाधिवेशनमा पराजित गर्ने नियतले भ्रामक प्रचार गरिएको बताएका छन् ।

उनकै आग्रह र उजुरीअनुसार सामाजिक सन्जालबाट भ्रामक प्रचार गरेको भन्दै गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार