१० दिनमै २ करोड २८ लाख राजस्व संकलन : हिमाल आरोहण

हिमाल आरोहणको अनुमति दिन सुरु गरेको सुरुवाती १० दिनमै पर्यटन विभागले हिमाल आरोहण शूल्क बापत २ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। हिमाल आरोहणको अनुमति दिन सुरु गरेको सुरुवाती १० दिनमै पर्यटन विभागले हिमाल आरोहण शूल्क बापत २ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

विभागले यही भदौ १५ गतेदेखि आरोहण अनुमति दिन सुरु गरेको थियो । हालसम्म धौलागिरी, कञ्चनजङ्गा र मरियाङ हिमाल आरोहणका लागि पर्यटकले अनुमति लिएका छन् ।

यीमध्ये सबैभन्दा बढी मनास्लु हिमाल आरोहणको अनुमति बापत सबैभन्दा बढी १ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको छ । धौलागिरी हिमाल आरोहण शुल्कबापत ४२ लाख १० हजार, कञ्चनजंगा हिमाल आरोहण शुल्कबापत तीन लाख १४ हजार र मरियाङ हिमाल आरोहण शुल्कबापत एक लाख ८८ हजार संकलन भएको पर्यटन विभागले जनाएको छ ।

मरियाङ हिमाल आरोहणका लागि आठ जना, कञ्चनजंगा हिमाल आरोहणका लागि तीन जना, धौलागिरी हिमाल आरोहणका लागि ४० जना र मनास्लु हिमाल आरोहणका लागि १ सय ८६ जना गरी जम्मा २ सय ३७ जना आरोहीले हिमाल आरोहणका लागि अनुमति लिइसकेको विभागले जनाएको छ ।

कोरोना संक्रमणको दर कम भएसँगै पर्वतीय पर्यटकको संख्या पनि बढ्दै गएको व्यवसायीहरूले जनाएका छन् । यो महिना मनास्लु हिमाल आरोहणका लागि १ सय ८६ आरोहीले अनुमति लिएसँगै आधार शिविरमा भीड लाग्न सुरु भएको छ । १० दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियमका कारण पदयात्रामा आउने पर्यटक भने बढ्न नसकेको विभागले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार