घटाइयो बजेट पूर्वाधार निर्माणमा

‘दातृ निकायसँग छलफलमा रहेका तर प्रतिबद्धता जनाई नसकेका आयोजनाको बजेट कटौती गरिएको हो,’

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्‌मा पेस गरेको अध्यादेशको बजेटलाई प्रतिस्थापन गर्न बनेको विधेयकमा पूर्वाधार निर्माणतर्फको बजेट कटौती गरिएको छ ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

अघिल्लो सरकारका अर्थमन्त्री विष्णु पौडेलले विधेयकमार्फत पूर्वाधार निर्माणमा छुट्याइएको बजेटमा कटौती गरिएको हो । विधेयकअनुसार सडक तथा पुल निर्माणमा १ खर्ब ४१ अर्ब २९ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो बजेट अघिल्लो सरकारले ल्याएकोभन्दा ३ अर्ब ३८ करोड ५० लाख रुपैयाँ कम हो ।

पौडेलले यो शीर्षकतर्फ १ खर्ब ४४ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेका थिए । दातृ निकायसँग निश्चित भइनसकेका आयोजनाको बजेट घटाइएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । ‘दातृ निकायसँग छलफलमा रहेका तर प्रतिबद्धता जनाई नसकेका आयोजनाको बजेट कटौती गरिएको हो,’ उनले भने, ‘यसले खासै ठूलो समस्या पर्दैन ।’ रेल तथा हवाई मैदान निर्माणतर्फ पनि बजेट घटाइएको छ । यस शीर्षकमा शर्माले ३ अर्ब ८० करोड ५५ लाख रुपैयाँ छुट्याएका छन् । यो अघिल्लो सरकारले विनियोजन गरेको बजेटभन्दा १९ करोड कम हो ।

यसअघि उक्त शीर्षकमा ५ अर्ब ७० करोड ५५ लाख रुपैयाँ छुट्याइएको थियो । विद्युत संरचना निर्माणमा भने पहिला जति विनियोजन गरिएको थियो, त्यही बजेट नै अहिलेको सरकारले कायम गरेको छ । उक्त संरचना निर्माणमा ९ अर्ब ८ करोड ११ लाख रुपैयाँ छुट्याइएको हो ।

तटबन्ध तथा बाँध निर्माणमा भने अघिल्लो सरकारले छुट्याएको भन्दा केही बजेट बढाइएको छ । अघिल्लो सरकारले ८ अर्ब ५३ करोड ३० लाख रुपैयाँ विनियोजन गरेकोमा अहिले ८ अर्ब ७८ करोड ३० लाख पुर्‍याइएको छ । विकास निर्माणका थोरै आयोजनामा बजेट बढाइए पनि धेरै आयोजनाको बजेट घटाइएको छ । कटौती धेरै गरिएको भए पनि बढाइएको बजेट न्यून छ । सिँचाइ संरचना निर्माणतर्फ भने बजेट घटाइएको छ । अघिल्लो सरकारले १४ अर्ब ४३ करोड ९२ लाख

छुट्याएको बजेट अहिले १४ अर्ब १८ करोड ९२ लाखमा झारिएको हो । यस शीर्षकमा २५ करोड बजेट घटाइएको हो । खानेपानी संरचना निर्माणतर्फ पनि बजेट कम गरिएको छ । अघिल्लो सरकारले ल्याएको बजेटभन्दा ६६ करोड ७० लाख रुपैयाँ कम विनियोजन गरिएको छ । वन तथा वातावरण संरक्षणतर्फ भने अघिल्लै सरकारले विनियोजन गरेको बजेटलाई निरन्तरता दिइएको छ । यस शीर्षकमा १ अर्ब २४ करोड ७९ लाख विनियोजन भएको छ । सरसफाइ संरचना निर्माणमा पनि बजेट कटौती भएको छ ।

यसअन्तर्गत अघिल्लो सरकारले ५ अर्ब ४४ करोड ६६ लाख विनियोजन गरेको थियो । अहिले घटाएर ५ अर्ब २९ करोड ६६ लाखमा झारिएको छ । कटौती गरिएको बजेट १५ करोड छ । अन्य सार्वजनिक निर्माणमा भने बजेट बढाइएको छ । अघिल्लो सरकारले यस शीर्षकमा ४३ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ विनियोजन गरेको थियो । अहिले बढाएर ४६ अर्ब ३३ करोड ९२ लाख पुर्‍याइएको छ । यस शीर्षकतर्फ २ अर्ब ४९ करोड ३६ लाख रुपैयाँ बजेट बढाइएको हो ।

रासायनिक मलमा मौन

खेतीबालीका लागि समयअगावै रासायनिक मलको पर्याप्त आपूर्ति सुनिश्चित गर्ने भन्दै अघिल्लो सरकारले रासायनिक मल अनुदानमा खरिद गर्न १२ अर्ब रुपैयाँ छ्ट्याएको थियो । तीन वर्षभित्र रासायनिक मल कारखाना स्थापना गर्ने गरी प्रारम्भिक कार्य अघि बढाउन बजेट विनियोजन गरिएको थियो । तर अहिलेको सरकारले समग्र कृषिमा ३ अर्ब ९५ करोड रुपैयाँ बढाए पनि रासायनिक मलका सन्दर्भमा भने केही बोलेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार