ओलीसँग भेट्दा उपरखुट्टी लगाएर बसेकी फातिमा प्रचण्डसँगको भेटमा सालिन

बालकोटमा ओली र सुमारसहितको टोलीको छलफल चल्दै गरेको तस्बिर निकै भाइरल बनेको थियो । तस्बिरमा उपाध्यक्ष सुमारले ओलीको अगाडि सालिनता नदेखाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। ओलीसँग भेट्दा उपरखुट्टी लगाएर बसेकी फातिमा प्रचण्डसँगको भेटमा सालिन, अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशनकी उपाध्यक्ष फातिमा सुमार बिहीबार नेपाल आएलगत्तै पहिलो भेट पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेकी थिइन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

बालकोटमा ओली र सुमारसहितको टोलीको छलफल चल्दै गरेको तस्बिर निकै भाइरल बनेको थियो । तस्बिरमा उपाध्यक्ष सुमारले ओलीको अगाडि सालिनता नदेखाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

सुमारको बस्ने तरिका र भेषभुषाको बारेमा विभिन्न टिकाटिप्पणी भएका थिए । उनले ओलीसँगको छलफलमा उपरखुट्टी लगाएर बसेको र कालो मास्क लगाएर ओलीको अपमान गरेको तथा मर्यादा उल्लंघन गरिएको टिप्पणीहरु आएका थिए ।

शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने फातिमाले सालिन रुपमा प्रस्तुत भएकी छन् । एमसीसीका बिषयमा भने जबरजस्ती नगर्न प्रचण्डले फातिमालाइ आग्रह गरेका छन् ।

सिंगो देश र जनता नै एमसीसीको विरुद्धमा रहेका कारण सत्तारुढ गठबन्धनमा छलफल गर्ने र विचार गरेर निर्णय गरिने उनले बताए । साथै एसमसीसी यथास्थितिमा पारित हुन नसक्ने पनि प्रचण्डले संकेत गरेका छन् ।

भेटमा अध्यक्षले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताए । उनले देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको बताए ।

जवाफमा उपाध्यक्ष सुमारले आफू नेपाल कुनै दबाबका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताइन् । यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउनुहुँदै सकारात्मक निर्णय हुनेमा आफु आशावादी रहेको उनको धारणा थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार