‘केही दिनमै सभापतिमा उम्मेदवारी घोषणा गर्छु’ शशांक कोइराला भने

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। पूर्वप्रधानमन्त्री तथा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको सिको गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले शनिबार गृहजिल्ला नवलपुर आएर १४ औं महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताएका छन् ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

फाइल तस्बिर । कांग्रेस देवचुली नगर कार्यसमितिले निर्माण गरेको बीपी स्मृति भवन उद्घाटन गर्न शनिबार आएका महामन्त्री कोइरालाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफू सभापतिमा लड्ने तर औपचारिक घोषणा केही दिनपछि मात्रै गर्ने बताए । ‘नवलपुर मेरो गृहजिल्ला हो, जसरी गिरिजाप्रसाद कोइरालाले गृहजिल्ला मोरङबाट महत्त्वपूर्ण घोषणा गर्नु हुन्थ्यो, म पनि मेरो गृहजिल्लाबाट सभापतिमा लड्ने निर्णयबाट पछि नहटेको सार्वजनिक गर्दछु,’ महामन्त्री कोइरालाले कार्यकर्तासँग भने ।

कोइरालाका स्वकीय सचिव भरत तिवारीले टिमको सहमतिअनुसारै उम्मेदवारी घोषणा हुने बताए । ‘पत्रकारहरूको प्रश्नमा आज नवलपरासीमा उहाँले जे भन्नुभयो, त्यो औपचारिक घोषणाका रूपमा भन्नुभएको होइन, प्रतिस्पर्धाबाट बाहिरिएको छैन भन्ने अर्थमा भन्नुभएको हो,’ महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले भने, ‘टिमको सहमतिअनुसार नै पछि घोषणा हुन्छ ।’

सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला मुख्य प्रतिस्पर्धी छन् । टिममा सहमति नहुँदासम्म सबैले आ–आफू उम्मेदवार रहेको बताउँदै आएका छन् । भदौ १७ मा सभापतिका प्रतिस्पर्धी चार जनासहित संस्थापनइतर पक्षका मुख्य नेताहरूले पत्रकार सम्मेलनमार्फत आफ्नो टिमबाट एक जना उम्मेदवार हुने उद्घोष गरेका थिए ।

कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने दाबी पनि गरेका छन् । ‘कांग्रेस कांग्रेसकै कारणले मात्रै पराजित भएको हो,’ महामन्त्री कोइरालाले भने, ‘महाधिवेशन पछि कांग्रेस एकजुट हुन्छ । आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउँछ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार