यस्तो निर्णय ओलीले लिए आफ्नै सांसदले बेइज्जत गरेपछि

सभामुख अग्नि सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै संसद् अवरोध गरिरहेको एमालेका सांसदहरुले संसदमा उच्छृंखल व्यबहार देखाएपछि चौतर्फी आलोचना भएको छ ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सभामुख अग्नि सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै संसद् अवरोध गरिरहेको एमालेका सांसदहरुले संसदमा उच्छृंखल व्यबहार देखाएपछि चौतर्फी आलोचना भएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

यसरी आफ्ना सांसदहरुको आलोचना भएपछि सांसदहरुलाई संसदीय मर्यादा सिकाउन एमालेले संसदीय दलको बैठक बोलाएको छ । आइतबारका लागि संसदीय दलको बैठक बोलाइएको पार्टी सचिब योगेश भट्टराईले जानकारी दिए ।

शनिबार बसेको स्थायी कमिटी बैठकले संसदीय दलको बैठक बोलाउने निर्णय गरेको उनले जानकारी दिए । उनले भने, ‘एमालेले सभामुखको भूमिकालाई लिएर संसदमा विरोध गरिरहेको छ ।

विरोधका सीमा र संसदीय मर्यादा कायम राख्ने विषयमा सांसदहरुलाई स्पष्ट पार्न संसदीय दलको बैठक बोलाइएको छ ।’ उनले एमाले मर्यादित संसदीय दलको भएको भन्दै यही विषयमा छलफल गर्न दलको बैठक बोलाइएको बताए ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरु आफ्ना साथी सांसदको बुइ चढेर रोष्टमसम्म जाने प्रयास गरेका थिए ।

एमालेका केही सांसदले सभामुखलाई माइकले झटारो हान्नेसम्मको प्रयास गरेका थिए । एमाले सांसदहरुले शुक्रबार प्रतिनिधिसभामा देखाएको व्यबहारको चौतर्फी आलोचना भइरहेको छ ।

सभामुख सापकोटाले संसद चलाउने विषयमा एमालेसँग कुनै छलफल नगरेको भट्टराईले बताए । उनले सभामुखले संसदको विश्वाससमेत कायम नगर्न नसकेको भन्दै सभामुखले छलफल गरेपछि संसद चल्ने वातावरण बन्ने विश्वास व्यक्त गरे ।

सरकारले बलमिच्याइँ गरेर वातावरण भड्काएकोसमेत एमालेले निष्कर्ष निकालेको छ । शुक्रबार छापामार शैलीमा हठात प्रतिस्थान विधेयकमार्फत बजेट ल्याएको भन्दै एमालेले आपत्ति जनाएको छ ।

स्थायी कमिटी बैठकले प्रतिस्थापन विधेयकमार्फत ल्याइएको बजेटप्रति आपत्ति प्रकट गरेको सचिब भट्टराइले जनाए । उनले ओली सरकारले ल्याएको बजेटमा समावेश गरिएका लोकप्रिय कार्यक्रम कटौती गरिएको तर हचुवाका भरमा नयाँ कार्यक्रम थपिएको भन्दै एमालेको बजेटा विरोध रहेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार